विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख अख्तियारको नियन्त्रणमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारी घुस प्रकरणमा सोमबार पक्राउ परेका छन् । विमानस्थलको नागरिक उड्डयम कार्यालय आन्तरिक टर्मिनल व्यवस्थापन शाखाप्रमुख प्रबन्धक पूर्ण प्रसाद चुडाललाई सोमबार अख्तियारको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।
चुडालले एयरपोर्टको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको अख्तियारको दाबी छ । अख्तियारले पक्राउ गरेर थप खानतलासी गर्दा प्रमुख चुडालको कार्यकक्षको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ फेला परेको छ ।
अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार चुडालले एक लाख ५० हजार रुपैयाँ घुस लिएको उजुरी परे पनि घुस लिएको सो रकम भने फेला परेको छैन । उजुरीकर्ताले घुस दिएको रकमको नम्बर अख्तियारलाई उपलब्ध गराए पनि सो नम्बरका नोटहरु भने फेला नपरेको अख्तियारको भनाइ छ । अख्तियारले चुडालको बारेमा थप अनुसन्धान भइरहेको बताएको कारण अन्य कुरा अनुसन्धान गरेर बाहिर ल्याउने जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया