काठमाडौं । फाइनान्स कम्पनीहरुको खुद मुनाफा घटेको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये हालसम्म १३ वटाले मात्र चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको मञ्जुश्री, गोर्खाज र पोखरा फाइनान्सबाहेक सबैको नाफा घटेको छ । खुद मुनाफा घट्नेमा गुडविल, आईसीएफसी, श्री इन्भेष्टमेन्ट, जानकी, बेष्ट, गुह्येश्वरी मर्चेन्ट र मल्टीपर्पस फाइनान्स छन् । यस अवधिमा प्रोग्रेसिभ र सेन्ट्रल फाइनान्सको खुद मुनाफा भने ऋणात्मक देखिएको छ ।
अपरिष्कृृत वित्तीय विवरणअनुसार चालू आवको दोसो त्रैमासिकमा सबैभन्दा बढी नाफा मञ्जुश्री फाइनान्सले कमाएको छ । मञ्जुश्रीले १३ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दोस्रो स्थानमा परेको गोर्खाजले छ करोड ७१ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने यी दुई फाइनान्सको यस्तो नाफा क्रमशः सात करोड ५३ लाख ८९ हजार र एक करोड ९३ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
गुडविल, आईसीएफसी र पोखरा फाइनान्सले भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः चार करोड ६९ लाख ४३ हजार, तीन करोड ९१ लाख ६५ हजार र तीन करोड ५५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी फाइनान्सहरुको यस्तो नाफा क्रमशः सात करोड ९१ लाख ९१ हजार, नौ करोड २६ लाख ५४ हजार र दुई करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासिक अवधिमा श्री इन्भेष्टमेन्ट, जानकी र नेपाल फाइनान्सले भने क्रमशः दुई करोड सात लाख ३७ हजार, एक करोड ४५ लाख ९२ हजार र एक करोड ३४ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी फाइनान्सहरुको यस्तो नाफा चार करोड ६२ लाख तीन हजार, तीन करोड ५५ लाख ८९ हजार र तीन करोड ३२ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
बेष्ट, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र मल्टीपर्पस फाइनान्सले पनि चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः ९७ लाख दुई हजार, ७२ लाख १९ हजार र २३ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरुको यस्तो नाफा १४ करोड दुई लाख नौ हजार, दुई करोड ८६ लाख ७० हजार र ४६ लाख २७ हजार रुपैयाँ रहेको थियो । प्रोग्रेसिभ फाइनान्सले भने चालू आवको दोस्रो त्रैमासिकमा एक करोड ३० लाख २५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।
गत आवको सोही अवधिमा प्रोग्रेसिभको यस्तो नाफा दुई करोड ४१ लाख ६४ हजार रुपैयाँ रहेको थियो । यसैगरी सेन्ट्रल फाइनान्सले पनि चालू आवको दोस्रो त्रैमासिकमा ८९ लाख ६७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने सेन्ट्रलले तीन करोड ५० लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई
- अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया
- राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल
- कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव
- हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया