धौवादी फलाम खानी सञ्चालनका लागि सेयर संकलन गरिँदै
काठमाडौं । खानी तथा भूगर्भ विभागले धौवादी फलाम खानी सञ्चालनका लागि आवश्यक प्रक्रियाहरु अघि बढाएको छ । सोही क्रममा सेयर संकलनको काम अघि बढाएको छ । धौवादी फलाम खानीको विस्तृत परियोजना प्रस्ताव तयारी गर्नुका साथै सो कम्पनीका सेयरहोल्डरहरुको तर्फबाट सेयरबापतको रकम संकलन गर्ने काम भइरहेको छ ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाँडामा भेटिएको सो फलाम खानीमा ९९ प्रतिशत फलाम रहेको अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै विभागले खानी सञ्चालनको लागि आवश्यक प्रक्रियाहरु अघि बढाएको हो । सोही क्रममा विस्तृत परियोजना प्रस्ताव तयार र रकम संकलनको काम भएको विभागका अधिकारीहरुले बताए । उनीहरुले जतिसक्दो चाँडो खानी सञ्चालन गर्ने लक्ष्य विभागले लिएको बताए । चालू आर्थिक वर्षमा सम्पन्न गरिने एक महत्वपूर्ण काममध्ये धौवादी फलाम खानी सञ्चालन गर्नु रहेको बताइएको छ ।
सेयर संकलन अर्थात् रकम संकलनका साथै विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव मूल्यांकन कार्य समेत भइरहेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । यसैबीच सरकार लक्ष्यअनुरूप भने खानी सञ्चालन तथा फलामको व्यावसायिक उत्पादन गर्न भने निकै ढिलाइ भइसकेको छ । आर्थिक वर्ष २०७७/०७८ देखि नै फलामको व्यावसायिक उत्पादन गर्ने सरकारी लक्ष्य थियो तर सरकारी ढिलासुस्तीका कारण हालसम्म खानी सञ्चालनमा ल्याउन सकिएको छैन ।
यसअघि सरकारले पर्याप्त बजेट नदिँदा खानीको विकासमा ढिलाइ भएको विभागले जनाएको छ । खानी उत्खनन तथा सञ्चालनको लागि अघिल्ला आर्थिक वर्षमा दुई अर्ब रुपैयाँ माग गरे पनि सरकारले सो रकम दिएन । यसअघि सरकारले भने पहिलो चरणअन्तर्गत २५ करोड रुपैयाँ प्रदान गरे पनि त्यसपछि पर्याप्त रकम नआएको विभागले जनाएको छ । धौवादी फलाम खानीको कार्यालय भने काठमाडौंको लैनचौर खानी तथा भूगर्भ विभाग परिसरभित्र छ । विभागले २०६८ सालबाट धौवादी खानीको अध्ययन सुरु गरेको थियो ।
चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटालजिकल जीओलोजी एण्ड एक्स्प्लोरेसन छेन्दुले पठाएको अध्ययन प्रतिवेदनअनुरुप खानीबाट ३६ प्रतिशत शुद्ध फलाम अर्थात् शतप्रतिशत फलामको धाउ निकाल्दा ३६ प्रतिशत शुद्ध फलाम उत्पादन हुन्छ । बाँकी ६४ प्रतिशत फलामको धाउ भने विभिन्न प्रयोजनको लागि प्रयोग हुनेछ भने खानीबाट उत्पादित फलामबाट स्टिल समेत उत्पादन गर्न सकिनेछ । फलाम खानीमा रहेको कच्चा पदार्थमा फलामको मात्रा पत्ता लगाउन नेपाल सरकारले चीन पठाएको थियो ।
हुम्सीकोट र बौदीकाली गाउँपालिकाको १० किलोमिटरमा फैलिएको सो फलाम खानीबाट सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि व्यावसायिक उत्पादन गर्ने बताउँदै आफ्नो नीति तथा कार्यक्रममा उक्त कार्यक्रम राखेको थियो तर सरकारले आफ्ना कार्यक्रम कार्यान्वयन गर्न नसक्दा फलाम खानी उत्खनन कार्य हुन सकेको छैन । विभागका अधिकारीहरु द्रुतमार्गबाट काम गरेको खण्डमा धेरै समय नलाग्ने बताउँछन् । यस्तै, धादिङको रुबी भ्यालीमा किमती पत्थरको अन्वेषण र प्रशोधन गर्ने कार्य समेत अघि बढाइने भएको छ । यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन अध्ययन कार्य भइरहेको बताइएको छ । सो कार्य चालू आर्थिक वर्षमा सम्पन्न गर्ने सरकारी लक्ष्य छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
- प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै
- चितवन २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना उम्मेदवारको सिफारिस
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
तपाईको प्रतिक्रिया