काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १० दशमलव ३७ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने शुन्य दशमलव ४१ अंकले ओरालो लागेर २१ सय ८३ दशमलव २१ बिन्दुमा झरेको छ ।
यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १० अंकले ओरालो लागेर चार सय १३ दशमलव १४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।
जसबाट ४७ हजार नौं सय नौं पटकको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसुमहरु मध्ये छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
- एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया