काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार चेक अनादर मुद्दामा जिल्ला अदालत कलैया बाराको २०७९ पुस २९ फैसलाले फरार रहेका बाराको साबिक कर्चोवा गाविस वडा नं. ६ परिवर्तित सिम्रोनगढ नगरपालिका वडा नं ९ बस्ने ५८ वर्षीय रामऔतार साह सोनारलाई पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार सोनारलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिई आएको प्रहरी टोलीसँग समन्वय गरी बिहीबार ललितपुर महानगरपालिका वडा नं २ सानेपाबाट पक्राउ गरेको हो । पक्राउ परेका सोनारलाई फैसला कार्यान्वयनको लागि सोही दिन जिल्ला अदालत बारा पठाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया