सर्लाहीको चन्द्रनबगरका महिला आत्मनिर्भर बन्दै
सर्लाही । आर्थिक सामाजिक दृष्टिकोणले पछि परेका सर्लाहीको चन्द्रनगर गाउँपालिकाका महिलाहरु आत्मनिर्भर हुन थालेका छन् । नेपाल सरकार उद्योग, ग्रामीण उद्यम तथा विप्रेसन आयोजना (समृद्धि) अन्तर्गत लैङ्गिक कार्य सिकाई पद्धति कार्यक्रममार्फत यहाँका महिलाहरु आत्मनिर्भर बन्न सफल भएका हुन् ।
आयोजनाअन्तर्गत चन्द्रनगर गाउँपालिका वडा नं. २ र ३ गरी ५ वटा महिला कृषक समूह छन् । प्रतिसमूह २५ जना महिलाहरु गरेर एक सय २५ जना महिलाहरु यतिबेला आफ्नै खुट्टामा उभिन सफल भएका छन् । महिला कृषक समूहमा आबद्ध भएपछि उनीहरु साक्षर हुनुका साथै आयआर्जन गर्न समेत सक्ने भएका समृद्धि आयोजना गाल्सका सुपरभाइजर विणा विष्टले बताए । उनीहरुलाई कृषिलगायत सीपसम्बन्धी विभिन्न तालिम दिइएको उनको भनाइ छ ।
समृद्धि आयोजनाले आफूरुमा ठूलो परिवर्तन ल्याएको चन्द्रनगर वडा नं. २ मा रहेको धनलक्ष्मी महिला कृषक समूहका सदस्य अनिता देवी महतोले बताइन् । तालिम लिएर महिला कृषक समूहमा आबद्ध भएपछि तरकारी खेती तथा अन्य नगदे बाली गरेर जग्गा समेत जोडेको उनले जानकारी दिइन् । तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि तीन जना सन्तानलाई निजी विद्यालयमा पढाउन समेत सक्ने भएको उनको भनाइ छ । उनी सफलताको कथा कृषक समूहमा आबद्ध छिन् ।
त्यस्तै बजरङ्गबली महिला कृषक समूहमा आबद्ध महिला मिनादेवी साहले विगतमा आफूहरुलाई आर्थिक समस्याले सारै सताउने भएपछि समूहमा आबद्ध भएपछि विभिन्न सहकारीमा पैसा बचत गर्न थालेको उनले बताइन् । उनले विगत दुई वर्षदेखि नगदेबाली उत्पादन गरी स्थानीय बजारमा बेच्ने गरेकी छिन् । यसैगरी बजरङ्ग बली महिला कृषि समूहमा आबद्ध महिला लिलादेवी महतोले समूहमा आबद्ध भएपछि जग्गा जोड्न सफल भएको सुनाइन् । पाँच कठ्ठा जग्गाबाट एक बिघा पु-याएको उनको भनाइ छ । समूहमा आबद्ध भएपछि एक सय २५ जना महिलामै उल्लेखनीय प्रगति भएको समृद्धि आयोजना गाल्सका संयोजक आलोक कर्णले दाबी छ ।
ग्रामीण उद्यम तथा विप्रेसन आयोजना (समृद्धि) इटहरीले प्रदेश नं. १, मधेश प्रदेश र सिन्धुली जिल्लामा कार्य गरिरहेको छ । ग्रामीण उद्यम तथा विप्रेशन आयोजनाले खासगरी कृषिमा लगानी गर्ने गरेको छ । कृषक समूह खोली तरकारी, दुध, जडीबुटी र माछामा आर्थिक तथा प्राविधिक सहयोग गर्नेगरेको छ । ग्रामीण उद्यम तथा विप्रेशन आयोजनाले मधेश प्रदेशमा लैङ्गिक कार्य सिकाइ पद्धति पनि सञ्चालन गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया