Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेटघाट

अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेटघाट


काठमाडौं । आइतबार नेपाल भ्रमणमा आएकी संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेकी छिन् ।

नेपालमा बनेको नयाँ सरकारसँग सम्बन्ध स्थापित र नेपालका वर्तमान अवस्थाको बारेमा अध्ययनको सिलसिलामा उनी नेपाल आएको बताइएको छ । उनले सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेकी थिइन् । साथै परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग पनि उनले सोमबार नै भेटवार्ता गरेकी छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया