नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले नवउद्यमीलाई आफ्ना उत्पादनको बजारीकरण प्रविधिको माध्यामबाट गर्न आग्रह गरेको छ । नवउद्यमीहरुलाई डिजिटल प्लेटफर्मको प्रयोगबारे तालिम दिँदै महासंघले उक्त आग्रह गरेको हो ।
सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरुलाई इ–कमर्सका माध्यमबाट आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने सीपबारे स्विस सरकार विकास सहयोग र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषको आर्थिक सहयोगमा महासंघले तालिम सञ्चालन गरेको थियो । उक्त तालिममा महासंघका अध्यक्ष टिकाराज ढकालले साना उद्यमीहरुले वर्षौँदेखि चलाइरहेका उद्यमबाट उत्पादित वस्तु तथा सेवालाई नयाँ उपभोक्ताहरुमाझ पु-याउनका लागि तालिम प्रभावकारी रहेको बताए । उनले उत्पादनको परम्परागत रुपमा गरिने बजारीकरणलाई प्रविधि र ज्ञानको प्रयोग गरेर अझ धेरै उपभोक्ता कहाँ पु-याउन तालिम निकै उपयोगी बन्ने विश्वास व्यक्त गरे । संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषका सरोज नेपालले ग्रामीण क्षेत्रमा पनि मोबाइल लगायतका डिजिटल टेक्नोलोजीहरुको प्रयोग बढेका कारण नेपालमा इकमर्सको क्षेत्र बढेर गएको बताए । साथै तालिमबाट साना उद्यमीहरुलाई पनि इकमर्समा प्रवेश गर्न र उत्पादनको प्रवर्द्धन र बजारीकरणमा अघि बढ्न हौसला मिल्ने उनको भनाइ थियो ।
इकमर्सको क्षेत्र बढेका कारण नेपालमा यसका लागि नीतिहरु पनि बन्दै गएकोले अव हरेक व्यवसायमा यसको प्रभावकारिता हुने नेपालले जानकारी दिए । दूरदराजमा समेत इन्टरनेटको पहुँच बढ्दै गएकोले साना तथा लघु उद्यमीहरुले मोबाइललगायतका डिजिटल उपकरणहरुको माध्यमबाट उत्पादन प्रवर्द्धन गर्न सक्ने उनको भनाइ थियो । महासंघका केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले उद्यमी व्यवसायीहरुबीच एक अर्काको व्यवसायबारे जानकारी प्राप्त गर्ने अवसरका रुपमा पनि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
तालिममा नेपालमा मोबाइल, आइप्याड, ल्यापटप र अन्य प्रकारका कम्प्युटरजन्य विद्युतीय उपकरणको प्रयोग बढेका कारण इकमर्सको अभ्यास पनि बढ्दै गएको प्रशिक्षक रिया श्रेष्ठले बताएकी थिइन् । उनले यस्ता उपकरणहरुलाई मनोरञ्जनात्मक सामग्री हेर्ने माध्यमका रुपमा बढी प्रयोग गर्नुभन्दा उद्यमीहरुले आफ्ना उत्पादनको प्रवर्द्धनमा बढी प्रयोग गर्न सक्नुपर्ने सुझाव पनि दिएकी थिइन् । तालिममा मोरङसहित अन्य जिल्लाका साना तथा लघु र महिला उद्यमीहरु गरी ६० जनाको उद्यमीको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ताजा अपडेट
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
- स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक
- उपराष्ट्रपति यादवद्वारा पदबहाली
- सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री
- प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै
- चितवन २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना उम्मेदवारको सिफारिस
- एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया