बचतकर्ताले घेरे देउराली सहकारीका अध्यक्ष चौलागाईंको घर
काठमाडौं,सहकारीमा कुनै समस्या छैन भन्दै बचतकर्ताहरुको पैसा फिर्ता नदिएपछि बचतकर्ताहरुले ललितपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाका सञ्चालक रविन्द्र चौलागाईंको घर घेरेका छन् ।
पैसा फिर्ता गर्ने भनेर बचतकर्ताहरुलाई पटक–पटकको प्रतिबद्धता गरे पनि प्रतिबद्धताअनुसार बचत रकम फिर्ता नगरेको भन्दै उनीहरुले सञ्चालक चौलागाईंको घर घेरेका हुन् । यसअघि आर्थिक दैनिकले देउराली सहकारीले सहकारी विभागको निर्देशन समेत अवज्ञा गर्दै कारोबार गर्ने गरेको र संस्थामा आर्थिक समस्या रहेको समाचार प्रकाशित गरेको थियो ।
आर्थिक दैनिकमा समाचार प्रकाशनपछि गत असोजमा सहकारीमा कुनै प्रकारको समस्या छैन भनेर बचतकर्ताहरुलाई झुक्याउन सफल भए पनि सो झूट धेरै समय टिक्न नसकेको र अन्ततः बचत रकम नपाएसँगै सञ्चालक चौलागाईंकै घर घेर्न बचतकर्ताहरु पुगेका छन् ।
सहकारीले गत कात्तिकमा नै साना बचतकर्तालाई क्रमिक रुपले निक्षेप फिर्ता गर्ने र ठूला बचतकर्तालाई नवलपरासीमा रहेको जग्गा नै पास गरिदिने बताएको थियो । २० कात्तिकमा सहकारीले एक विज्ञप्ति जारी गर्दै सहकारीका बचतकर्ता समितिका संयोजक केदारप्रसाद चौलागाईं र सोही समितिका सदस्य कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम बिल्डर्स एण्ड कन्सल्ट्यान्टको नाममा नवलपरासीको चार बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको बताएको थियो ।
तर त्यसरी उल्लेख गरेको नवलपरासीको कावासोतीमा रहेको जग्गा समेत बाटो नभएको चार कठ्ठा १९ धूर मात्रै रहेको पाइएको छ । देउराली सहकारीमा नेपाल राष्ट्र बैंकका २० जना कर्मचारीले समेत बचत गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया