Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवास्तविक बजेट ल्याउने अर्थमन्त्रीको दाबी

वास्तविक बजेट ल्याउने अर्थमन्त्रीको दाबी


काठमाडौं ,उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा वास्तविक बजेट ल्याउने दाबी गरेका छन् । आगामी आवको बजेट निर्माणको काम सुरु भइसकेको भन्दै मन्त्री पौडेलले वर्तमान सरकारले नीतिगत फड्को (पोलिसी डिपार्चर) लाई केन्द्रमा राख्दै वास्तविकतामा आधारित बजेट ल्याउने बताएका हुन् ।

‘आगामी आवको स्रोतको अनुमान र बजेटको आकारमाथि छलफल सुरु भइसकेको छ’, कार्यक्रममा मन्त्री पौडेलले भने, ‘अहिलेकै अवस्थामा अघि बढ्ने नभई पोलिसी डिपार्चर आवश्यक छ भनेर विभिन्न क्षेत्रबाट सुझाव आइरहेका छन् । त्यसमा विशेष ध्यान दिएर बजेटको आकारमा यथार्थपरकता खोज्नेछौँ ।’ मन्त्री पौडेलले यथार्थपरक बजेट ल्याउने दाबी गरे पनि बजेटलाई अन्तिम रुप दिने बेलासम्म राजनीतिक विषय हावी हुँदा बजेट वास्तविकताभन्दा बाहिर जाने गरेको छ ।

चालू आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउँदा पनि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले वास्तविक बजेट ल्याएको दाबी गरेका थिए । तर, बजेट वास्तविक हुन नसक्दा बजेट खर्च हुन नसकेको मात्र होइन राजस्व संकलनको अवस्था पनि दयनीय छ । पुँजीगत तर्फको कतै बजेट नै अपुग छ भने कतिपय ठाउँमा विनियोजित बजेटको दश प्रतिशत पनि खर्च हुने अवस्था छैन । बजेटले वास्तविकता पहिचान गर्न नसक्दा यस्तो अवस्था सिर्जना हुनपुगेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया