काठमाडौं । ललितपुर महानगर प्रहरीले सेवा प्रवाहको सन्दर्भसहितको श्रव्य–दृश्य सार्वजनिक गरेको छ । ललितपुर, पुल्चोकमा एक कार्यक्रमका बीच मेयर चिरिबाबू महर्जनले सेवा प्रवाहको सन्दर्भसहितको श्रव्य–दृश्य सार्वजनिक गरेका हुन् । मेयर महर्जनले महानगरलाई व्यविस्थत बनाउनको लागि नगरप्रहरीले गरेका कामको प्रशंसा गरेका थिए । नगरलाई थप विद्युतीकरण गर्दै उज्याले बनाइने बताउँदै यसका लागि महानगर प्रहरीको सहयोग अपरिहार्य रहने उनको भनाइ छ ।
कार्यक्रममा महानगर पालिकामा सेवा प्रवाहको सन्दर्भमा महानगर प्रहरीबाट भए गरेका कार्यहरुमा सांस्कृतिक, सामाजिक, दैवी प्रकोपलगायत विषयमा नगरप्रहरीले गरेको सामाजिक जिम्मेवारीलाई श्रव्य–दृश्यमा देखिइएको थियो । महानगरलाई व्यवस्थित बनाउन क्रममा विद्युत् प्राधिकरणले ४० प्रतिशत र महानगरले ६० प्रतिशत बेहोर्ने गरी सडकबत्ती विस्तार गर्ने लक्ष्यनजिक पुगेको बताइएको छ । पछिल्लो समय महानगर प्रहरीले सडक तथा सडक नजिकका भौतिक संरचनालाई व्यवस्थित बनाएको थियो । उसले सडक जेब्रा क्रसिङ, साइकल लेन, सडकको पोल सरसफाइ, सडकमा रहेको तारलाई व्यवस्थित, होडिङ बोर्ड व्यवस्थापन, सडकमा रहेको निर्माण सामग्री व्यवस्थापन गरेको थियो ।
ललितपुर महानगर पालिका सांस्कृतिक सहरको रुपमा रहेको हुँदा यसलाई व्यवस्थित गर्ने क्रममा ती कामहरु गरेको महानगर प्रहरीप्रमुख सिताराम हाच्छेथुले बताए । ‘ललितपुर महानगरपालिका सांस्कृतिक सहरको रुपमा परिचित छ । महानगरलाई व्यवस्थित गर्ने जिम्मा नगरप्रहरीको हुन्छ, त्यसैले व्यवस्थित गर्ने क्रममा तारलाई व्यवस्थित, होडिङ बोर्ड व्यवस्थापन, सडकमा रहेको निर्माण सामग्री व्यवस्थापन गरेका हौँ’, उनले भने, ‘यसमा नगरवासीको समेत सहयोग रहेको छ, उनीहरुले आफैँ पनि जिम्मेवार भएर अपनत्वता देखाउँदा महानगर प्रहरीलाई थप हौसला बढाएको छ ।’
मेयर महर्जनले भने महानगरलाई व्यवस्थित नगरको रुपमा परिवर्तन गर्न सकेको श्रेय ललितपुर महानगर प्रहरीलाई दिएका थिए । महानगर टोली कार्यक्रमलगत्तै ललितपुर, कुपण्डोलस्थित आवसीय भवनमा भएको आगलागी नियन्त्रणमा लिन आएको थियो । करिब दर्जन महानगर प्रहरी कुपण्डोलस्थित अवासीय भवनमा दिउँसो २ बजेतिर लागेको आगो नियन्त्रण लिन अग्नि नियन्त्रकलाई सहयोगका लागि आएका थिए । उनीहरु आगो लागेको घरमा गई त्यहाँ रहेको सामग्रीहरु सुरक्षित निकाल्न समेत सफल भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया