Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएटीएम काउन्टरको संख्या वृद्धि

एटीएम काउन्टरको संख्या वृद्धि


सुरेश राउत
काठमाडौं, चैत २
नेपाली बैंकिङ क्षेत्र थप प्रविधिमैत्री बन्दै जाँदा एटीएम काउन्टरको संख्या पनि बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुुस मसान्तसम्ममा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको एटीएम काउन्टरको संख्या तीन हजार छ सय ६२ वटा पुुगेको छ । उक्त एटीएम काउन्टर २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहित कुुल ७३ वटा संस्थाहरुको हो, राष्ट्र बैंकले भनेको छ ।

सञ्चालनमा रहेका कुुल एटीएम काउन्टरमध्ये वाणिज्य बैंकहरुको मात्र तीन हजार दुुई सय ७४ वटा रहेका छन् । यीबाहेक विकास बैंकहरुको तीन सय ३७ र फाइनान्स कम्पनीहरुको ५१ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीसहितका कुुल ८५ वटा संस्थाहरुको सञ्चालनमा रहेका एटीएम काउन्टरको संख्या तीन हजार ४९ वटा रहेका थिए । अहिले धेरैजसो बैंक तथा फाइनान्स कम्पनीहरु एससीटी नेटवर्कमा आबद्ध भएको र यो नेटवर्टमा आबद्ध हुँदा एउटै बैंकको एटीएम कार्ड पनि नेटवर्कमा आबद्ध भएका धेरै बैंकहरुमा प्रयोग गर्न मिल्ने भएपछि एटीएम काउन्टरको संख्या शाखाको तुुलनामा कम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने चालू आवको पुुस मसान्तसम्ममा पाँच हजार पाँच सय ३३ वटा रहेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुुल शाखा संख्या चार हजार ११ वटा रहेका छन् । यीबाहेक विकास बैंकहरुको एक हजार दुुई सय ९३ वटा एवं फाइनान्स कम्पनीहरुको दुई सय २९ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या चार हजार पाँच सय ९१ वटा रहेको थियो । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुुल शाखा संख्या तीन हजार दुुई सय ३३ वटा रहेका थिए । उक्त अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने एक हजार एक सय ५९ र एक सय ९९ वटा रहेका थिए । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुबाहेक ९० वटा लघुुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेको र यी संस्थाहरुको कुुल शाखा संख्या भने चालू आवको पुुस मसान्तसम्ममा तीन हजार आठ सय ६१ वटा पुुगेको छ । सोही आधारमा लघुुवित्त संस्थाहरुको शाखालाई समेत समावेश गर्ने हो भने नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको कुुल शाखा संख्या नौ हजार तीन सय ९४ वटा पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया