रविले गृह नपाएपछि रास्वपाका मन्त्रीहरूले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी नपाएपछि सो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि सांसद र मन्त्रीविहीन भएका रविले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आफ्नो पार्टीले सरकार छाड्ने घोषणा गरेका थिए ।
पत्रकार सम्मेलनमा रविले राजनीतिक दलको भन्दा पनि केही सञ्चारकर्मी र सञ्चार उद्यमीको नाम नै लिएर विरोध गर्दै जँड्याहा भनेका थिए । रास्वपाका तर्फबाट मन्त्रिपरिषद्मा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् । रविले भने सर्वोच्चको फैसला आएको दिन अघिल्लो हप्ता नै राजीनामा दिएका थिए । उनले अघिल्लो आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर अघिल्लो आइतबार नेपाली नागरिकता दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया