Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजेपी स्कुल लिजमा अनियमितता

जेपी स्कुल लिजमा अनियमितता

अख्तियारमा उजुरी


काठमाडौं,काठमाडौंको ठमेलमा रहेको सरकारी विद्यालय जुद्धोदय माध्यमिक विद्यालय (जेपी) को व्यावसायिक भवन र पसल कबोलहरु भाडामा लगाउँदा प्रचलित नियम र कानुन मिचेर अनियमितता गरेको भेटिएको छ ।

उक्त विद्यालयको ठेकेदार मनोज कुमार मिश्रालाई लिजमा दिँदा अनियमितता गरेर सरोकारवाला व्यक्तिहरुले ठूलो रकम हिनामिना गरेका छन् । सरोकारवालाले पटक–पटक भाडा प्रक्रिया पारदर्शी बनाउन आग्रह गर्दा पनि विद्यालय व्यवस्थापनले बेवास्ता गरेपछि छानबिन गरी कारबाही गरिपाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।

वि.सं. १९९५ सालमा जुद्ध शमशेरले स्थापना गरेको जेपी स्कुल नेपालकै पुरानोमध्येको एक सरकारी विद्यालय हो । सूर्यबहादुर थापा, रुक्मांगत कटुवाल, डा. द्वारिकानाथ ढुंगेललगायत राजनीतिज्ञ, डाक्टर, इन्जिनियर, नेपाल सरकारको ठूलो ओहोदाका प्रतिष्ठित व्यक्तिहरूले अध्ययन गरेको तथा लगातार १३ पटकसम्म एसएलसी बोर्ड टप गर्न सफल विद्यालयको साबिक भवन भत्काई नयाँ भवन निर्माण गर्ने र त्यसलाई भाडामा दिने नाममा ठेकेदार मिश्रासँगको मिलेमतोमा विद्यालयलाई आर्थिक क्षति पु¥याई काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि विद्यालयभित्र भएको भ्रष्टाचार बाहिर आएको हो ।

पुरानो भवनलाई तीन वर्ष ६ महिनाभित्र नयाँ बनाउने नाममा २०६५ सालमा मिश्रा तथा पूर्वबैंकर समेत रहेका अजय घिमिरेको तरुण निर्माण सेवा समिति कम्पनीसँग सम्झौता गरेको विद्यालय व्यवस्थापन समितिले त्यसयता लगातार १४ वर्षसम्म म्याद थप्दै आएको छ ।

राजनीतिक संरक्षण तथा विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारदेव मानन्धरसँगको मिलेमतोमा विद्यालय निर्माणको जिम्मा लिएको तरुण निर्माण सेवाका मिश्रासँग विद्यालय व्यवस्थापन समितिले गरेको निर्माण र त्यसपछिको प्रयोगबारेको सम्झौताविपरीत मिलेमतोमा काम रोकिएको भन्दै आयोगमा उजुरी परेको हो ।

आयोगमा दर्ता भएको उजुरीमा यस्तो छ–
वि.सं. २०६५ सालमा त्यसताका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष २०१५ साल समूहका पूर्वविद्यार्थी तथा पूर्ववन विभागका सचिव प्रल्हाद कृष्ण मानन्धरले यो सम्झौता विद्यालयको हितमा छैन भनी राजीनामा दिएपछि पनि त्यसताका प्र.अ. सूर्यराज शाक्य र विद्यालय व्यवस्थापन समितिको कुनियतले व्यवस्थापन समितिको अध्यक्षतामा २०३३ साल समूहको पूर्वविद्यार्थी विश्वभक्त श्रेष्ठलाई बनाई अनुचित तवरबाट ठेकेदार तरुण निर्माण सेवा समिति कम्पनी ठेकेदार मनोज कुमार मिश्रा, अजय घिमिरेलाई सम्झौता गरी तीन वर्ष छ महिनाभित्र निर्माण सम्पन्न गर्न ठेक्का दिइएकोमा हालसम्म पनि विभिन्न बहानामा निर्माण पूरा नगरी त्यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी बालबालिकालाई, शिक्षकहरुलाई समेत ज्यादै दयनीय अवस्थामा अध्ययन गराइएको अवस्था छ ।

अनुचित तवरबाट निर्माण सम्पन्न भएको मितिले ३० वर्षसम्म भोगचलन गर्न पाउने भन्ने सम्झौता गरी कहिल्यै पनि निर्माणसम्पन्न नै नगरी केवल ठमेलस्थित व्यापारिक सडकतर्फको सटर र व्यापारिक भवन मात्र निर्माण गरी त्यहाँबाट महिनाको करिब ७०,००,०००÷– लाख उठाउँदै विद्यालयलाई बुझाउनुपर्ने रकम समेत नबुझाई सम्बन्धित निकाय प्र.अ., व्यवस्थापन समितिका मानिसहरुको मिलेमतो र अनुचित लाभमा करोडौँ रुपैयाँ भ्रष्टाचार हुँदै आइरहेको अवस्था छ ।

शिक्षा ऐन २०२८ शिक्षा नियमावली २०५९ पेज १९४ र १९५ मा व्यवस्था गरेको कुनै पनि नियमपालन नगरी विद्यालयको न्यूनतम खेल मैदान, शौचालय, शैक्षिक वातावरण भौतिक पूर्वाधार समेत नरहने गरी साठी (६०%) प्रतिशत जग्गा ३० वर्षको लागि लिजमा
दिई अस्तव्यस्त अवस्थामा पु¥याइएको छ ।

तसर्थ वि.सं. २०६५ साल वि.सं. २०६६ साल र अन्तिम पूरक सम्झौता २०७२ सालमा सम्झौतामा हस्ताक्षर गर्ने व्यवस्थापन समितिका साबिक अध्यक्ष विश्वभक्त श्रेष्ठ, अमृत पुरी, रामकृष्ण भण्डारी, कुमार देव मानन्धर, प्र.अ. सूर्य बहादुर शाक्य, हालको प्र.अ. लक्ष्मण घिमिरे र विद्यालय निरीक्षक तारापति खरेल, मतियार प्रविण न्यौपाने, ठेकेदार कम्पनीका सञ्चालक, सम्झौताकर्ता लगायतका मानिसहरूलाई अविलम्ब पक्राउ गरी भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ ।

वि.सं. २०७६ सालमा तत्कालीन उपमेयर हरि प्रभा खड्गी (श्रेष्ठ) समेतको निरीक्षण र कारबाही र मिडियाहरुले तीन पटकसम्म विद्यालयमा आई वास्तविक वस्तुस्थिति प्रसारण गर्दा समेत पूर्ण रूपमा विद्यालय भवन निर्माण भएको अवस्था छैन ।

राजनीति, गुण्डा र पैसाको चलखेलबाट सबै आजित भइसकेको अवस्था भएको कारण गोप्य रुपमा हामी एउटा सचेत नागरिकको हैसियतले भ्रष्टाचारजन्य अनुचित कार्य गरी सार्वजनिक संस्थालाई नोक्सान पु¥याई आफूलाई गैह्रकानुनी रुपमा अनुचित फाइदा लिने सोही गैह्रकानुनी कार्यमा संलग्न निम्न मानिसहरूले गरेको निम्न कार्यहरु अविलम्ब छानबिन गरी सजाय गरिपाऊँ ।

१) वि.सं. २०६० साल अगाडि विद्यालयको आर्थिक अवस्था राम्रो गर्न निजी स्रोतबाट राम्रा शिक्षकहरु व्यवस्था गर्न २५ वर्षको लागि विद्यालयको अगाडिको सबै भागमा एक तलाको मात्र करिब ३६ पसल कबोलहरु बनाउन नाङ्लो कम्पनीको सञ्चालक श्याम कक्षपतिलाई दिएको थियो । २०६० सालमा सो सम्झौता समाप्त भएपछि विद्यालय आफैँले खुल्ला टेन्डर गरी ३६ कबोल पसलहरुबाट त्यसबखत नै चार लाख ८० हजार भाडा आउने गरेको थियो ।

निजी स्रोतका शिक्षक र कर्मचारीलाई तलब दिन पर्याप्त थियो । तसर्थ व्य.स. अध्यक्ष प्रह्लाद कृष्ण मानन्धर जस्तो इमानदार व्यक्तिले यो सम्झौता विद्यालयको हितमा छैन है भन्दाभन्दै उहाँलाई राजीनामा दिन बाध्य बनाइयो अर्थात् २०६५ सालमा पहिलो अनुचित सम्झौता गरियो । ६० प्रतिशत जग्गा व्यावसायिक भवन र ४० प्रतिशत विद्यालय भवन पहिला सम्पन्न गर्नुपर्ने थियो ।

लिफ्ट, भ¥याङमा मार्बल, लबीमा मार्बल, पाँचतले विद्यालय बनाउनुपर्नेमा कुनै पनि पालना गरेको देखिएन । झ्याल ढोका समेत कक्षामा थिएन । महिला समेत अध्यन गर्ने विद्यालयमा शौचालय समेतमा झ्याल ढोका थिएन । वि.सं. २०७६ सालमा मिडियाले समाचार सम्प्रेषण गरेपछि मात्र बनाइयो ।

२) महानगरपालिकाले सबै कागजात माग्दा समेत विद्यालयको निर्माण कति स्क्वायर फिट, गुणस्तर कस्तो हुनुपर्ने, के–कस्तो भएको थियो नाङ्गो कम्पनीसँग भएको सम्झौताको साथै थुप्रै सम्बन्धित कागजातहरु लुकाएर राखेको अवस्था छ । हालसम्म निर्माण सम्पन्न गरेको छैन ।

३) आर्थिक पादर्शिता बिलकुल छैन । वि.सं. २०७४ सालदेखि हचुवाको भरमा प्रतिमहिनाको ४,३५,०००÷– (चार लाख पैँतीस हजार)ले तीन महिनाको अग्रिम पैसा विद्यालय सञ्चालन गर्न ठेकेदारले बुझाउनुपर्ने सम्झौता (२०७२) सालमा भए पनि १,००,०००००÷– (१ करोडभन्दा माथि) पैसा बक्यौता बाँकी राखेको देखियो जसको कारण निजी स्रोतका शिक्षक र कर्मचारीहरूले तलब समेत पाएको छैन । त्यसको कारण उनीहरुलाई दैनिक गुजारामा समेत दुःख भोग्दै छन् ।

४) २०६९ सालदेखि का.म. प्रधानाध्यापक भई कार्य गर्दै ०७० सालदेखि प्र.अ. हुनुभएका लक्ष्मण पौडेल, सहायक प्र.अ. प्रविण न्यौपाने व्यवस्थापन समितिका अध्यक्ष अमृत पुरी, रामकृष्ण भण्डारी, कुमारदेव मानन्धर विश्वभक्त श्रेष्ठ तथा अन्य सदस्यहरु र ठेकेदार मनोज मिश्र, अजय घिमिरेले सम्झौता नै संशोधन गरी नक्सामा देखाइएको विद्यालयको खेल्ने चौर, अन्य अरु निर्माण गर्नैपर्ने कार्यहरु निर्माण नगरिएको तर, नक्सापासमा भने रहे भएकोमा सोअनुसार नगरी मापदण्डविपरीत निर्माणकार्य गरेको ।

५) कुनै पनि कुरामा आर्थिक पारदर्शिता नभएको ।

६) एभेन्जर नामको झण्डै तीन लाखभन्दा बढीको मोटरबाइक निजी बनाई प्र.अ. लक्ष्मण पौडेलले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेका ।

७) विद्यार्थीबाट विभिन्न शुल्क उठाई कल्याण कोष खडा गरेको तर, हिसाब नदेखाई दुरुपयोग गर्दै आइरहेको।

८) स्काउटको लागि भन्दै प्रतिविद्यार्थी १०००÷– दरले उठाई हिसाब दुरुस्त नराखी हिनामिना गरेको ।

९) २०६४–०६७ सम्मको व्यवस्थापन समितिको अध्यक्ष हालको कानुनी सल्लाहकार रामकृष्ण भण्डारी एकै समय अर्थात् एउटै अवधिमा २०६४–२०६७ मा श्री कन्या मन्दिर उ.मा.वि.को व्यवस्थापन समितिको समेत अध्यक्ष बनी बनाई गैरकानुनी तथा अनुचित लाभ लिएको ।

१०) प्र.अ. लक्ष्मण पौडेलको आफ्नै श्रीमती रिता के.सी पौडेललाई अनुचित तवरबाट कानुनी सल्लाहकार नियुक्त गरी पदीय आचरणविपरीतको कार्य गरी अनुचित लाभ लिएको ।

११) हालको शिक्षा ऐन नियमानुसार कक्षा १ देखि १२ सम्म एउटै समयमा पठनपाठन गर्नुुपर्ने र स्वीकृति पनि त्यहीअनुसार लिएकोमा कक्षा ११ र  लाई अलग्गै समयमा अलग्गै नाम ‘जुद्धोदय क्याम्पस’ भन्ने नाम दिई अलग अलग गरी कानुनविपरीत कार्य गरेको ।

१२) प्र.अ. लक्ष्मण पौडेल सामाजिक शास्त्रको विषयगत शिक्षक भएकोमा नेपाली विषयको अध्यापन गरी विद्यार्थीको शिक्षाको स्तर घटाउने गलत कार्य गरेको ।

१३) प्र.अ. लक्ष्मण पौडेलले स्कुलको आर्थिक हिनामिना दुरुपयोग गरी परिवारको नाममा मोटरसाइकललगायत जग्गा जमिन जोडेको हुँदा यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिपाऊँ ।

१४) स.प्र.अ.प्रविण न्यौपाने, व्य.स.को अध्यक्ष अमृत पुरी, कुमार देव मानन्धर समेतले अनुचित आर्थिक लाभ गरी जग्गा जमिन जोडेको ।

१५) व्य.स.को अध्यक्ष अमृत पुरीको छोराछोरी कोही पनि स्कुलमा अध्ययन नगरेता पनि अनुचित लाभको लागि नहटी बसिरहेको, जुन कार्य कानुनले मिल्ने हुनै सक्दैन ।

१६) स.प्र.अ. प्रविण न्यौपानेले राजनैतिक पार्टीको शिक्षक संगठनमा सदस्य हुँ भन्दै टोलवासीलाई ठीक गरिदिन्छु भन्दै धम्क्याउन थालेको । हाल उनलाई हटाएर बिहानको सत्रमा मात्र फेरि नियुक्त गरेको छ ।

१७) निजी स्रोतका शिक्षक कर्मचारीको लागि नेपाल सरकारले तोकेबमोजिमको तलब वृद्धि नगरी शोषण गर्दै आइरहेको ।

१८) खराब कामको विरोध गर्दा नोकरीबाट बर्खास्त गर्ने धकी दिँदै आफ्नो गलत कामलाई ढाकछोप गर्ने प्रयास गर्दै आइरहेको ।

१९) त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य तथा प्र.अ. (साबिकका र हालका) सहायक प्र.अ. समेतले अनुचित रुपमा रकम आर्जन गरी घरजग्गा लगायत विभिन्न ठाउँमा आफ्नो तथा धेरै नातागोताको नाममा लगानी गरेको भन्ने समेत बुझिन आएको हुँदा सोको समेत अनुसन्धान कारबाही गरिपाऊँ ।

२०) पटक–पटकको सम्झौता (तरुण निर्माण सेवा कम्पनीसँग भएको) हेर्न माग गर्दा नदेखाई, सकेको गर भन्दै टोलवासीलाई धम्क्याउने गरेको ।

२१) तसर्थ मुख्यतः ठेकेदार कम्पनीसँग गलत सम्झौता गरी कहिल्यै पनि निर्माण कार्य सम्पन्न नै नगरी केवल सटर पसल मात्र निर्माण गरी मासिक रुपमा तीसौँ लाख रुपैयाँ बहाल असुल गरी माथि उल्लिखित व्यक्तिहरुले आफूलाई फाइदा र सार्वजनिक संस्था स्कुललाई हानि÷नोक्सानी पु¥याउने कार्य गरेका हुँदा यस सम्बन्धमा यथाशीघ्र अनुसन्धान कारबाही गरी भ्रष्टाचार गरेकोमा कडाभन्दा कडा सजाय गरिपाऊँ ।

२२) विद्यालयको नीतिनियम हेर्न र हरेक गतिविधिको निरीक्षण गर्न खटाइएको विनी तारापति खरेलले कुनै ठोस कारबाही अगाडि बढाइएको छैन साथै २०७४ सालदेखिको १६ वडाको वडाअध्यक्षले समेत मौन समर्थन गरेको देखिन्छ । तसर्थ यथाशीघ्र विनिलाई परिवर्तन गरी कारबाहीको माग गर्दछौँ ।

२३) वर्तमान हेडमास्टर लक्ष्मण पौडेल, पस्वृ विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत पुरीले आफ्नो र नातेदारहरुको नाममा जग्गा जमिन खरिद गरेको गोप्य जानकारी समेत पाएको हुँदा छानबिन गरियोस् । साथै वि.सं.२०६५, वि.सं. २०६६ र वि.सं. २०७२ सालमा सम्झौता गर्न जो कोही पनि आर्थिक प्रलोभनमा परेको स्पष्ट देखिन्छ । तसर्थ सबैको सम्पत्ति छानबिन गरियोस् । उहाँहरुले आफ्ना नजिकका व्यक्तिहरुको नाममा जग्गा जमिन राखिएको सूचना पाउने गरेको छ ।

त्यस विद्यालयको शिक्षक अनिल कर्ण (मो.नं. ९८४१३९२७२६), लेखापाल शम्भु श्रेष्ठ (मो.नं. ९८४१५७७४६१), बेथितिको विरोध गर्दा हटाइयो विभिन्न बहानामा । उहाँहरुलाई गोप्य रूपमा जानकारीको लागि बोलाउन सकिन्छ ।

साथै विद्यालयको २०१५ सालको पूर्वविद्यार्थी, पूर्ववनविभाग सचिव एवं २०६५ सालअघिको विद्यालय व्यवस्थापनको अध्यक्ष अति इमानदार प्रह्लाद कृष्ण मानन्धर जसले वि.सं. २०६५ मै सम्झौता विद्यालयको हितमा छैन भनी राजीनामा दिनुभयो उहाँलाई पनि विस्तृत जानकारीको लागि अनुरोध गरेमा अझ बढी उत्तम हुने अनुरोध गर्दछ ।

२४) विद्यालय धेरै जीर्ण भएको फजुल कारण देखाउने गरेको छ । के विद्यालय भाडामा मात्र दिने एउटा मात्र उपाय हो त ? बिलकुल हैन कन्या मन्दिर माध्यमिक विद्यालय क्षत्रपाटी; दरबार हाईस्कूल भोटाहिटी, शान्ति शिक्षा मन्दिर थँहिटी, युवक माध्यमिक विद्यालय पकनाजोल, परोपकार भीमसेन स्थान आदि विद्यालयहरू नेपाल सरकार र दातृराष्ट्रहरुबाट अति व्यवस्थित र सुन्दर बनाएका छन् ।

२५) काठमाडौंको मुटु ठमेलमा जस्तो केन्द्रमा रहेको यो ऐतिहासिक, नेपालकै धरोहर विद्यालयमा अझै पनि ९०० (नौ सय) विद्यार्थीहरू अध्ययन गर्ने गरेका छन् ।

विद्यालयको आर्थिक भौतिक संरचना ध्वस्त बनाएको कारण हजारौँ युवा जनशक्ति उत्पादन गर्नसक्ने यो विद्यालयलाई समयमा नै कारबाही गरी व्यवस्थित गर्न सकिएन भने निश्चित रूपमा विद्यालय बन्द हुने र भू–माफियाहरूको राज हुने पक्कापक्की छ । यो खेल सफल गर्न हेडमास्टर, विद्यालय व्यवस्थापनलगायत भूमाफियाहरु सक्रिय छन् ।

तसर्थ एउटा सचेत नागरिकको हैसियतले गोप्य रुपमा यो उजुरी गरेको छु । आशा गरेका छौँ, कानुन, विधि र विधानभन्दा कोही माथि छैनन् भन्ने कुराको विश्वास यहाँबाट पक्कै दिनेछ ।

पूर्ववि.व्यवस्थापनका अध्यक्ष अमृत पुरी ठेकेदार मनोज मिश्राको लागि म जे पनि गर्न तयार छु, जेल पनि जान तयार छु भनी हिँड्ने गरेको जानकारी पनि आएको छ । ठेकेदारभन्दा गलत कामको संरक्षणकर्ताहरुलाई कठोरभन्दा कठोर कदम चाली कानुनी दायरामा नल्याएसम्म समस्याको समाधान नहुने कुरो विनम्र अनुरोधका साथ निवेदन गर्दछौँ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया