उच्च राजनीतिक नेतृत्वले कसरी गर्छ भ्रष्टलाई पुरस्कृत ?
काठमाडौं,नेपालमा भ्रष्टाचारीलाई कसरी माथिल्लो तहबाट संरक्षण मात्र होइन पुरस्कृत गरिन्छ भन्ने राम्रो उदाहरण बनेको छ, खानेपानी संस्थानको महाप्रबन्धकको नियुक्ति । खानेपानी संस्थानका तत्कालीन प्रबन्धनिर्देशक ईश्वर प्रसादको कार्यविवरण र उनको महाप्रबन्धकको बढुवाले उच्च तह संरक्षक भएपछि जे गर्दा पनि छुट हुन्छ भन्ने प्रस्ट गराएको छ । गलत व्यक्तिले संरक्षण पाउँदा संस्थानहरु कसरी बदनाम हुन्छन् भन्ने तथ्य पनि यसैले पुष्टि गरेको छ ।
२०७८ साल पुस १४ गते शेरबहादुर देउवा प्रधानमन्त्री तथा उमाकान्त चौधरी खानेपानी मन्त्री रहेको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०७८ माघ १० को दिन खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी संस्थानमा कार्यरत इन्जिनियर ईश्वर प्रसादलाई नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा कायम हुने पत्र दिइन् ।
अब सो नियुक्ति उनले किन पाए होलान् भन्ने विषयबारे सबैलाई चासो हुन आवश्यक पनि छैन तर उनीसँगै सोही कार्यालयमा कार्यरत केही कर्मचारीहरु जसले उनलाई नजिकबाट चिनेका छन्, ईश्वर प्रसादको नियुक्ति कसरी सम्भव भयो भन्ने चासो रह्यो ।सो चासोको एउटा विवरण २०७५ असार २९ गते नेपाल खानेपानी संस्थानका महाप्रबन्धक लाई नेपाल खानेपानी मन्त्रालयले लेखेको छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनअनुसार खानेपानी संस्थानमा कार्यरत उपनिर्देशक ईश्वर प्रसादसहितको मिलेमतोमा सार्वजनिक खरिद ऐनविपरीत कार्य गरी संस्थानलाई क्षति पु¥याएको देखिन आएकोमा निज समेत थप तीन जनालाई विभागीय कारबाही गरी मन्त्रालयमा खबर पठाउनू ।
अख्तियारको अनुसन्धान र खानेपानी मन्त्रालयको कारबाही जनाउने सो पत्र देखेका सामान्य जनलाई लाग्छ होला सो कारबाहीको चिठीपश्चात् ईश्वर प्रसादलाई कारबाही भएको होला, उनको ग्रेड रोक्का भएको होला या अन्य कुनै किसिमको थप कारबाही भएको होला तर यथार्थमा उनको बढुवा भयो । यो कसरी सम्भव छ भन्नेबारे विधि जान्ने र मान्ने कर्मचारीले विश्वास गरेनन् तर बढुवाको कुर्सीमा बसेको ईश्वर प्रसादको उपस्थितिले उनलाई मान्न करै लाग्यो ।
२०७८ मंसिर ७ गते फेरि खानेपानी संस्थानलाई सोही ईश्वर प्रसादमाथि लागेका विभिन्न अभियोगसँग जोडिन आएका प्रमाणहरु उपलब्ध गराइदिने आदेश आयो । सो पत्रका विभिन्न अभियोगहरु छन् जस्तै उनी महोत्तरी जिल्लाका प्रमुख हुँदा सम्पन्न भइसकेको कार्यक्रममा उनले पुनः लगत इस्टिमेट बनाई रकम दुरुपयोग गरे ।
राजस्व उठाई संस्थानको खातामा रकम जम्मा नगरी आफ्नी श्रीमतीको नाममा रहेको भारतीय खातामा जम्मा गराए । पाँच लाखे कोटेसनको नाममा धेरै रकम हिनामिना गरे, आवश्यकतै नभएको ठाउँमा कर्मचारी भर्ना गरी भ्रष्टाचार गरे, उनीमाथि यस्ता पर्याप्त अभियोग रहेकोले आवश्यक कारबाहीमा सहयोग गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी संस्थानसँग दस्तावेजहरु माग ग¥यो यो कारबाहीसम्बन्धी जानकारी रहेका कर्मचारीहरु आशावादी भए ।
ढिलै भए पनि नेपालमा न्याय पाइन्छ, भ्रष्टाचार सहँदैन नेपालले र नेपालको व्यवस्थाले तर भयो के भने उनै ईश्वर प्रसादलाई नेपाल सरकारले थप पदोन्नति गरी महाप्रबन्धक बनाइदियो जुन खानेपानी मन्त्रालयले उनलाई कारबाही गर भनी भनेको थियो सोही मन्त्रालयको व्यवस्थापनले ऊ असल मान्छे हो भनी सिफारिस ग¥यो । मन्त्रालयले भ्रष्ट भनेर सिफारिस गर्ने तर प्रधानमन्त्री र मन्त्रीले संरक्षण गरिदिँदा उनी महाप्रबन्धक बनिदिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया