सरकारको लागि खर्च जुटाउँदै राष्ट्र बैंक
थप सात अर्बको विकास ऋणपत्र बिक्री
काठमाडौं,सरकारको लागि खर्चको स्रोत जुटाउन नेपाल राष्ट्र बैंकले मंगलबार पुनः सात अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाएको छ । आन्तरिक ऋण उठाउनको लागि विकास ऋणपत्र २०८४ ‘ञ’ (५ वर्षे) बिक्री गरिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८४ ‘ञ’ (५ वर्षे) बिक्री गरिएको हो ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति २०७९ माघ २५ तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८४ माघ २५ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गरेका हुन् ।
छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड र एक अर्ब पाँच करोड रुपैयाँ छुट्याइएको थियो । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने व्यवस्था रहेको थियो । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको थियो । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन व्यवस्था रहेको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रुपमा भाग लिन नपाउने व्यवस्था रहेको थियो । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।
अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । चालू आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै टे«जरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरिसकेको छ ।
आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तसम्ममा १५ अर्ब रुपैयाँबराबरको टे«जरी बिल र १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र समेत गरी कुल ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ । यसैगरी तेस्रो त्रैमासिकमा पनि ६० अर्ब रुपैयाँबराबरको टे«जरी बिल, २५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र पाँच वर्षे समेत गरी कुल ८८ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गर्ने तयारी राष्ट्र बैंकको रहेको छ ।
चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा भने राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको टे«जरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे निष्काशन गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्ये एक खर्ब ५० अर्ब रुपैयाँबराबरको टे«जरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे रहेको छ ।राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि उठाउने कुल आन्तरिक ऋणमध्ये दोस्रो त्रैमासिकमा मात्र ३० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाएको छ ।
के हो विकास ऋणपत्र ?
सरकारलाई देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउने उद्देश्यले यस्तो ऋणपत्र दुई वा दुई वर्षभन्दा बढी अवधिको लागि निष्काशन गरिन्छ । सर्वप्रथम विक्रम सम्वत् २०२० सालमा वार्षिक ६ प्रतिशत ब्याजदरमा १ करोड ३१ लाख रुपैयाँबराबरको विकास ऋणपत्र जारी गरिएको थियो ।
वि.सं. २०६१ जेठदेखि यो ऋणपत्र कुपन दर तोकी बोलकबोलको माध्यमबाट निष्काशन गर्न थालिएकोमा विक्रम सम्वत् २०७२ साल कात्तिकदेखि यो ऋणपत्रको ब्याजदरमा बजारले नै निर्धारण गर्ने गरी बोलकबोलमा एकल ब्याजदर विधि प्रयोग गर्ने व्यवस्था सुरु गरियो । विकास ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज र अंकित मूल्यमा निष्काशन गरिएको थियो ।
स्रोत : नेपाल राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन मार्गदर्शन, २०७४
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कर्मले बदलिएको नाम ‘तरकारी काका’
- ‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
- वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया