फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
हेटौँडा । फागुनबाट कुलेखानी–फर्पिङ्ग र कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने भएको छ । बागमती प्रदेश सरकारले मर्मतको लागि हेटौंडाबाट भीमफेदी फाखेल हुँदै र सिस्नेरी हुँदै काठमाडौं जाने दुवै सडकखण्ड बन्द गर्ने तयारी गरेको हो ।
पछिल्लो समय हेटौंडाबाट काठमाडौं जाने छोटो मार्गको रुपमा अत्यधिक प्रयोग गरिने यो मार्ग करिब दुई महिना बन्द हुने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको नेतृत्वमा मंगलबार बसेको सर्वपक्षीय भेलाले बाटो बन्द गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री जमरकट्टेलले मर्मतको जिम्मा पाएको ठेकेदार कम्पनीलाई दुई महिनाभित्र काम सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । काम गर्दागर्दै समय अपुग भए थप गर्न सकिने तर काम नगरी बस्नेलाई समय थप्न नसकिने उनले बताए । यसरी चल्तीका दुवै सडक खण्ड बन्द हुने भएपछि वैकल्पिक मार्गको रुपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ–मार्खु– कुलेखानी–भीमफेदी सडकखण्डबाट यातायात सुचारु गर्ने बताइएको छ ।
निर्माणकार्य छिटो सम्पन्न गर्न मुख्यमन्त्रीको अग्रसरतामा भएको छलफलमा बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, प्रदेश तथा जिल्ला प्रहरी, ट्राफिक प्रहरी, आयोजना कार्यालय, स्थानीय तहका प्रमुख तथा निर्माण व्यवसायीलगायतको उपस्थिति थियो । यी सडकखण्डको मर्मतको लागि बागमती प्रदेश भौतिक तथा पूर्वाधार मन्त्रालयले समन्वय गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया