सडक नै नपुगेको पालिकाको इन्धन खर्च पाँच लाख !
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामै सवारी मर्मत तथा इन्धनमा पाँच लाख रकम खर्च गरेको छ । पालिका केन्द्रलाई नै सडक सञ्जालले जोड्न बाँकी रहेको उक्त गाउँपालिकाले सवारी मर्मत तथा इन्धन खर्चमा छ महिनामै करिब पाँच लाख रुपैयाँ रकम खर्च गरेको हो ।
खुम्बुको वडा नम्बर १ बाहेक अन्य वडाहरुमा हालसम्म सडक सञ्जाल पुग्न सकेको छैन । तर पालिकाका जनप्रतिनिधिले इन्धन खर्चबापत ठूलो रकम खर्च गरेको पाइएको छ । पालिकाले बजेटमार्फत नै एक वर्षका लागि इन्धन खर्चका लागि पाँच लाख रकम विनियोजन गरेको तर छ महिनामै सबै रकम खर्च भएपछि थप गर्नुपर्ने स्थिति देखिएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चौलागाईले बताए । यद्यपि पालिकाको गाडी भएको विषयमा वडाका अन्य जनप्रतिनिधिहरु भने अनभिज्ञ छन् ।
एक वडाध्यक्षले भने, ‘हाम्रो पालिकाको आफ्नै सवारीसाधन छ भन्नेबारे मलाई जानकारी छैन ।’ प्रमुख प्रशासकीय अधिकृत चापागाईले भने पालिकाको एउटा ल्याड क्रुजर गाडी काठमाडौंमा सञ्चालन भइरहेकाले खर्च भएको बताए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १ स्थित थामडाँडासम्म मात्रै सडक ट्र्याक ओपन भएको छ ।
सडक ट्रयाक ओपन कार्य भइरहेकाले पालिका केन्द्रसम्म सडक पुग्न समय लाग्ने गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया