‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन चेम्बरको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी रणनीतिक योजना ल्याउन आग्रह गरेको छ । चेम्बरले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटी ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौँ पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौँ पर्यटक भित्र्याउन सकिने बताए । यसका लागि ठोस रणनीतिक योजना आवाश्यक रहेको उनको भनाइ थियो । मुलुकको अर्थतन्त्र सङ्कुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने बताए । नेपालका महत्वपूर्ण पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रवर्द्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
विश्वको सर्वोच्च शिखर सगरमाथालगायत आठ हजार मिटरभन्दा माथिका आठवटा हिमाल, पशुुपति, लुम्बिनीलगायतका क्षेत्रको अन्तर्राष्ट्रियस्तरमै प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचीमा परेका स्थललाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन ईयूको ब्ल्याक लिस्टबाट हटाउनका लागि कूटनीतिक पहल गर्न समेत मल्लले मन्त्री किरातीसमक्ष आग्रह गरे । यसैगरी नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्ब सुरु गर्नुपर्नेमा जोड दिए ।
विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउन समेत उनको सुझाव छ । उनले भने, ‘भारतीय पर्यटकले नेपाल आउँदा भारु अधिकतम २५ हजार मात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले वाञ्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तीमा दुई लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्दछ ।’ यस्तै चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिषा शुल्क निःशुल्क गर्नुपर्ने बताएका थिए ।
चेम्बर पदाधिकारीसँगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिषा सहज बनाउन योजना बनाइरहेको जानकारी दिए । उनले भने, ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिषा शुल्कदेखि हवाई भाडासम्म निकै महंगो पर्ने गरेकाले नेपाल आकर्षक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण सुरु गरेको छु ।’ उनले पर्यटन क्षेको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको बताए । भेटमा चेम्बरले मन्त्री किरातीलाई विभिन्न १८ बुँदे सुझाव समेत पेस गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया