खस्कियो सिन्धु विकास बैंकको वित्तीय अवस्था
प्रतिफल नपाएकै कारण सञ्चालक तथा व्यवस्थापनप्रति सेयरधनी आक्रोशित
काठमाडौं,क्षेत्रीयस्तरको सिन्धु विकास बैंकको वित्तीय अवस्था खस्किएको छ । वित्तीय प्रणालीमा देखिएको लगानीयोग्य रकम अभावका कारण भन्दा पनि बैंकभित्रको सञ्चालक एवं व्यवस्थापकीय कमजोरीकै कारण बैंकको वित्तीय अवस्था खस्किएको उक्त बैंकका सेयरधनीहरुले आरोप लगाएका छन् ।
एउटै व्यक्ति लामो समयदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष रहेको, कर्जा प्रवाहमा हालीमुहाली गर्दे अनावश्यक हस्तक्षेप गरेको, बैंकभित्र संस्थागत सुशासनको पक्ष पनि कमजोर रहेकाले ऋण असुलीमा निकै ठूलो समस्या रहेको सेयरधनी स्रोतले बतायो । सिन्धु विकास बैंकमा संस्थागत सुशासनको पक्ष कमजोर रहेको घटनाको एउटा उदाहरण झण्डै एक वर्षअघि बैंकको दोलालघाट शाखा प्रमुख सुमन खरेललाई पक्राउ गरेपछि उक्त शाखामा ग्राहकको रकम हिनामिना भएको घटनाले पुष्टि गर्ने स्रोतको भनाइ छ । यिनै कारणले पनि पछिल्लो समय सिन्धुको वित्तीय अवस्था निकै कमजोर देखिएको छ ।
बैंकले केही समयअघि सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्र्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार पनि बैंकको अवस्था खस्किएको देखिएको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले चालू आवको दोस्रो त्रैमासिकमा एक करोड ८७ लाख १४ हजार दुई सय २९ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा तीन करोड ५५ लाख ५४ हजार आठ सय २९ रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको सिन्धुले व्यवस्थापकीय कमजोरीकै कारण चालू आवको दोस्रो त्रैमासिकमा खुद नोक्सानी व्यहोरेको हो ।
खुद नोक्सानी बढेकै कारण बैंकमा पछिल्लो समय खराब कर्जाको अनुपात पनि उच्चरुपमा बढेको देखिएको छ । गत आवको दोस्रो त्रैमासिकमा दुई दशमलव ६७ प्रतिशत कर्जा खराब रहेको बैंकमा अहिले यस्तो कर्जाको अनुपात बढेर चार दशमलव ९० प्रतिशत पुगेको छ । चालू आवको पहिलो त्रैमासिकमा भने सिन्धुले २१ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने खराब कर्जाको अनुपात एक दशमलव ३० प्रतिशत मात्र रहेको थियो । तर चालू आवको दोस्रो त्रैमासिकमा भने बैंकको खुद मुनाफा नोक्सानीमा देखिएको छ भने खराब कर्जाको मात्र उच्चरुपमा बढेको देखिएको छ । यो विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीसँग सम्पर्क गर्न खोज्दा दोस्रो व्यक्तिमार्फत बैंकका कम्पनी सचिव एवं प्रवक्रा रविन कुमार क्षेत्रीसँग सम्पर्क गर्न भनियो ।
कम्पनी सचिवले भने, ‘अहिले हाम्रो मात्र होइन, सबैको अवस्था खस्किएको छ ।’ बैंकको अवस्था अरुभन्दा धेरै नै खस्किएको छ । पहिलो त्रैमासिकमा नाफा कमाएको बैंक दोस्रो त्रैमासिकमा घाटामा गएको छ भने खराब कर्जा पनि उच्चरुपमा बढेको छ । कम्पनी सचिव क्षेत्री पनि यो तथ्यलाई स्वीकार्छन् । उनले भने, ‘हामी अलि ग्रामीण क्षेत्रमा फोकस छौँ, त्यसले गर्दा पनि कर्जा असुलीमा समस्या देखियो, थर्ड क्वार्टरमा मेन्टेन हुन्छ ।’
उनले जे जस्तो भने पनि सेयरधनीहरु बैंकको सञ्चालक एवं व्यवस्थापनप्रति रुष्ट छन् । सेयरधनीहरुले विगत लामो समयदेखि आफ्नो लगानीको प्रतिफल पाएका छैंनन् । त्यसो त क्षेत्री स्वयं यो वर्ष पनि गत आवको नाफाबाट लाभांश वितरण गर्न नसकेको स्वीकार्छन् । ‘के गर्ने ? खराब कर्जा बढेकै कारण राष्ट्र बैंकले लाभांश वितरण गर्न दिएन’, उनले आर्थिक दैनिकसँग भने, ‘वार्षिक साधारणसभामा सेयरधनीहरुले आक्रोश त पोख्छन नै ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया