लघुवित्तहरूलाई १ अर्ब ६० करोड फिर्ता गर्न निर्देशन
काठमाडौं,लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतको बैठकमा लघुवित्तहरुले वार्षिक १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क नलिने सहमति पनि भएको हो ।
त्यसैगरी एउटा ग्राहकले एउटाभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन मिलाउने सहमति भएको छ । यस्तै परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेका ग्राहकहरुको विवरण एक महिनाभित्र तयार पार्ने र त्यस्ता ग्राहकहरुलाई ग्राहक संरक्षण कोषको रकमबाट आवश्यक व्यवस्थापन गर्ने सहमति भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त संस्थाहरुले अर्थतन्त्र, रोजगारी, कर, वित्तीय साक्षरता र सामाजिक क्षेत्रमा गरेको योगदान तथा यस क्षेत्रमा देखापरेका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, अर्थ मन्त्रालयका सचिव तोयम राया, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लघु वित्त संघ नेपालका अध्यक्ष जगत पोखरेल लगायत सहभागी रहेका थिए ।
क्याटेगोरी : बीमा बजार, समाचार
ताजा अपडेट
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया