लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ
काठमाडौं । नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी, प्रहरी पोष्टमा आगजनी र लोत्से मलमा तोडफोड गर्ने १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा काभ्रेका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत, मोरङका ३० वर्षीय यमन राई, नुवाकोटका १८ वर्षीय सुनिल कालीकोटे, २२ वर्षीय रोमन नगरकोटी, १८ वर्षीय सुदीप तामाङ, ३३ वर्षीय माधव शाही र १९ वर्षीय केशर राई रहेका छन् ।
सिन्धुलीका १८ वर्षीय इन्द्र तामाङ, धादिङ २६ वर्षीय इलाराज गुरुङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, धादिङका १८ वर्षीय विकाश गुरुङ, चितवनका २७ वर्षीय संविधान परियार र काठमाडौँका १९ वर्षीय कविन खड्गी रहेका छन् ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राईभर, सहचालक रहेको राससलाई जानकारी दिए । गत सोमबार यातायात मजदुरले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुईवटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने नयाँ बसपार्कस्थित लोेत्से मल तोडफोड गर्नुका साथै त्यसभित्र पसेर मोबाइल लुटपाट गरेका थिए । पक्राउ परेकामाथि चोरी तथा डाँकामुद्दामा अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए । यसअघि बुधबार मात्रै प्रहरीले १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
- कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया