प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन
काठमाडौं । राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् । वार्षिकोत्सवको अवसरमा आइतबार सात वटै प्रदेश कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएको छ ।
राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गर्दैछ भने राससका बारेमा प्रकाशित पुस्तक पनि विमोचन हुने भएको छ ।
निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर वि.सं. २०१८ फागुन ७ गते रासस स्थापना भएको रासस आजदेखि ६२ वर्ष प्रवेश गरेको हो । संस्थापक अध्यक्ष रामराज पौड्याल रहेको राससमा नेपाल संवाद समितिका गोविन्द वियोगी र सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य थिए ।
वि.सं. २०१८ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो ।
‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ ।
राससले गत साउन १ गतेदेखि ‘श्रव्यदृश्य’ सेवा पनि सुरु गरेको छ । यसले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्वीरलगायतका सामग्री प्रदान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया