सेवामा विविधिकरणका साथ सत्यतथ्य सूचना सम्प्रेषण गर्छौं : अध्यक्ष झा
काठमाडौं । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार कक्षलाई आकर्षक एवं उदाहरणीय बनाउने बताएका छन् ।
राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आइतबार रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले रासस मुलुककै एक आधिकारिक समाचार प्रदायक संस्था भएकाले यसको विकास र विस्तार गरी यसको सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने बताए ।
उनले भने, सरकारबाट प्राप्त हुने अनुदान र आफ्नो सीमित आम्दानीबाट खर्च व्यवस्थापन गनुपर्ने अत्यन्त कठिन चुनौती र दायित्व रहेकाले यसलाई सबैले बोध गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष झाले भने, “गोर्खा भूकम्पले क्षति पु¥याएको राससको भवन भत्काएर बनाइएका नयाँ दुई भवनसँगै राससमा कार्यरत कर्मचारी एवं पत्रकारको हकअधिकारलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म अझै सुदृढ र विस्तार गर्दै, पुनर्ताजगी तालिम, सामयिक वृत्ति विकास, पदोन्नति र क्षमता विकास गर्दै राससको भौतिक संरक्षणको सुरक्षा एवं पूर्वाधार विकास गरिनेछ ।”
अध्यक्ष झाले आफ्नो सेवाको विविधिकरणको प्रयासस्वरुप राससले गत साउन १ गतेदेखि श्रव्यदृश्य सेवा प्रारम्भ गरेको जानकारी पनि दिए । उनले राससको श्रव्यदृश्य परीक्षणकालमा रहेको र तत्कालका लागि निःशुल्क उपलब्ध गराउँदै आएको भन्दै यसको ‘फिडब्याक’ उत्साहप्रद आएको बताए ।
उनले देश विदेशका महत्वपूर्ण घटनाक्रम, विषय र समसामयिक सन्दर्भका सत्यतथ्य सूचना, सन्देश र जानकारी छिटो छरितोरुपमा विश्वसनीय ढङ्गबाट सम्प्रेषण गर्ने कार्यमा राससले आफ्नो स्थापनाकालदेखि अहोरात्र काम गरिरहेको बताए । उनले भने “उपलब्ध सीमित स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरेर छापा तथा प्रसारणलगायतका आमसञ्चारमाध्यम र तीनका पाठक, दर्शक र श्रोताको चाहनाअनुरुपका समाचार प्रस्तुतिमा हाम्रो ध्यान सदैव केन्द्रित छ”, उनले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया