Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआन्तरिक ऋण उठाउन विभिन्न उपाय अपनाउँदै सरकार

आन्तरिक ऋण उठाउन विभिन्न उपाय अपनाउँदै सरकार

नागरिक बचतपत्र २०८३ ‘क’को बिक्री आह्वान


काठमाडौं,सरकारले आन्तरिक ऋण उठाउन विभिन्न उपाय लगाउन थालेको छ । सरकारको निर्देशनअनुसार नेपाल राष्ट्र बैंैंकले आन्तरिक ऋण उठाउन नागरिक बचतपत्र २०८४ ‘क’ (५) को बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने गरी वार्षिक १० दशमलव ५० प्रतिशत ब्याज तोकेर नागरिक बचतपत्र २०८४ ‘क’ (५) वर्षे को बिक्री आह्वान गरिएको हो । यसबाट देशमा देखिएको पैसाको अभाव हटाउन केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यही फागुन १० गतेबाट खुल्ला हुने बचतपत्रको बिक्री कार्य फागुन ३० गतेसम्म कायम रहनेछ । राष्ट्र बैंकका अनुसार निष्काशन मिति २०७९ चैत ६ तोकिएको बचतपत्रको सावाँ भुत्तानी मिति २०८४ चैत छ गते तोकिएको छ ।यो बचतपत्र धितो राखेर कर्जा लिन र दिन समेत सकिनेछ । राष्ट्र बैंकका अनुसार घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सीमामा रहेर बचतपत्र खरिद गर्न सकिनेछ ।

राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । चालू आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे टे«जरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरिसकेको छ ।

आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तसम्ममा १५ अर्ब रुपैयाँबराबरको टे«जरी बिल र १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र समेत गरी कुल ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ । यसैगरी तेस्रो त्रैमासिकमा पनि ६० अर्ब रुपैयाँबराबरको टे«जरी बिल, २५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र ५ वर्षे समेत गरी कुल ८८ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गर्ने तयारी राष्ट्र बैंकको रहेको छ ।

चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा भने राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको टे«जरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचत पत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे निष्काशन गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्येमा एक खर्ब ५० अर्ब रुपैयाँबराबरको टे«जरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे रहेको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि उठाउने कुल आन्तरिक ऋणमध्ये दोस्रो त्रैमासिकमा मात्र ३० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाएको छ । चालू आवको तेस्रो त्रैमासिकमा भने राष्ट्र बैंकले ८८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ ।

No description available.

आज फेरि १३ अर्ब २३ करोडको ट्रेजरी जारी हुँदै
नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँबराबरको टे«जरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन २ गते पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति फागुन १० गते बुधबार तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

जसमध्ये २८ दिनेको २०७९ चैत ७ गते, ९१ दिनेको २०८० जेठ ९ गते र एक सय ८२ दिने अवधिको २०८० भदौ ५ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरीमा पाँच अर्ब रुपैयाँबराबरको नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरणअन्तर्गत छ ।यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको सात अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँ बराबरको टे«जरी बिल जारी गरेको थियो ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया