सिंघिया खोला पुल निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा निर्माणधीन सिंघिया खोला पुलको काम तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् । निर्माणधीन सो पुलको आइतबार बिहान निरीक्षण गर्दै उनले निर्माण कम्पनीलाई पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
‘यो पुल यहाँको लागि अत्यन्त आवश्यक पुल हो, मैले दुई पटक चुनाव जितिसकेँ तर यो पुल बनेको छैन, मैले चुनावमा यो पुल जसैगरी बनाउँछु भनेर जनताको बीचमा कसम खाएको छु, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस’, उनले भने । विसं २०५८ सालमा शिलान्यास भएको यो पुल हालसम्म बन्न सकेको छैन । शिलान्यास भएपनि अलपत्र रहेको पुल निर्माणका लागि पनि मोदीले नै पहलकदमी लिएर निर्माणकार्य आरम्भ गरेका थिए । पुल निर्माणको काम अब यही चालू आर्थिक वर्षमा सम्पन्न हुने निर्माण कम्पनीको दाबी छ । सूर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाइ झण्डै ६० मिटरको रहेको छ । १२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सप्पन्न गर्ने निर्माण कम्पनीका दिपेन्द्र कार्कीले मन्त्री मोदीलाई विश्वास दिलाएका दिए ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #8, #Page 8
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया