काठमाडौं,डिजेन्द्र भनिने राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्सका सबै उडानहरु रोकिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकारणको हस्तक्षेपपछि सोमबारदेखि गुण एयरलाइन्सका सातवटै विमानका उडान रोकिएका छन् ।
शाक्यले एयरलाइन्सका कर्मचारीलाई महिनौँदेखि तलब भत्ता दिएका छैनन् । विना तलब भत्ता महिनौँ काम गर्दा कर्मचारीको असन्तुष्टि बढ्दै गएकाले त्यसको मनोवैज्ञानिक असर उडानमा पर्न नदिन प्राधिकरणले एयरलाइन्स उडानमा हस्तक्षेप गरेर रोकेको हो ।
गुण बहुउद्देश्यीय सहकारीदेखि गुण समूहका नाममा खोलिएका सबै व्यापारिक प्रतिष्ठानमा आफ्ना सदस्य र व्यवसायीहरुलाई ठग्दै आएको आरोप शाक्यमाथि लाग्दै आएको छ ।
गुण सहकारी टाट उल्टिएपछि भाग्दै र बचत कर्ताहरुलाई छल्दै आएका शाक्यले पछिल्लो समय निकै रहस्यमय ढंगले केही व्यापारिक मल र टावरहरु सञ्चालन गर्दै आए पनि ती संरचनाको निर्माण प्रयोग भएका सामानको समेत रकम भुक्तानी नगरेर भाग्दै हिँडेको पीडितहरुको गुनासो छ ।
पछिल्लो समय सिम्रिक एयरका थोत्रा विमान भाडामा लिएर गुुण एयरलाइन्स सञ्चालन गरिरहेका शाक्यले सहकारीका बचतकर्ताहरुको रकम अझै फिर्ता गरेका छैनन् र त्यसबाट कारबाहीमा परिने डरले शक्तिका दलालहरुसँग टाँसिने प्रयास गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया