Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतीन खर्ब ६९ अर्ब पुग्यो वाणिज्य बैंकहरूको चुक्ता पुँजी

तीन खर्ब ६९ अर्ब पुग्यो वाणिज्य बैंकहरूको चुक्ता पुँजी

ग्लोबल आईएमईको चुक्ता पु“जी ३५ अर्ब नाघ्दा एसबीआई र स्ट्यान्डर्ड चार्टर्डको १० अर्बभन्दा कम


काठमाडौं,वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब ६९ अर्ब ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुले उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन् ।वाणिज्य बैंकहरुले कायम गरेको कुल चुक्ता पुँजीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको देखिएको छ भने सबैभन्दा कम चुक्ता पुँजी नेपाल एसबीआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिएको छ ।

यसबीचमा हिमालयन बैंक, सिभिल बैंक र सनराइज बैंक र लक्ष्मी बैंकको चुक्ता पुँजी पनि अन्यको तुलनामा केही कम देखिए पनि यी बैंकहरु मर्जरको अन्तिम चरणमा रहेका हुँदा मर्जरपश्चात् यी बैंकहरुको चुक्ता पुँजी पनि बढ्ने देखिएको छ । हिमालयन र सिभिल बैंकले यही फागुन १२ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेको छ भने लक्ष्मी बैंक र सनराइज बैंक पनि मर्जर प्रक्रिया टुंगोमा पु¥याउने तयारीमा रहेकाले यी दुई बैंकको पनि चुक्ता पुँजी बढ्ने देखिएको छ ।

वाणिज्य बैंकहरुमा बढी चुक्ता पुँजी हुने बैंकहरुमा क्रमशः ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, कुमारी बैंक र प्रभु बैंक देखिएको छ । यी बैंकहरुको चुक्ता पुँजी क्रमशः ३५ अर्ब ७७ करोड १० लाख ६० हजार, ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार, २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार, २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार र २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ ।

चालू आवको दोस्रो त्रैमासिकमा प्राइम कमर्सियल बैंकले १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा कृषि विकास बैंक र एनएमबी बैंकले भने क्रमशः १८ अर्ब ६२ करोड छ लाख २७ हजार र १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा हिमालयन बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, सिद्धार्थ बैंक र नेपाल बैंकले भने क्रमशः १४ अर्ब २२ लाख ३७ हजार, १४ अर्ब २० करोड नौ लाख ७४ हजार, १४ अर्ब आठ करोड ९९ लाख ८० हजार र १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता कायम गरेका छन् ।

सानिमा बैंकले भने चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा १२ अर्ब ४६ करोड एक लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा एनआईसी एसिया बैंक र लक्ष्मी बैंकले भने क्रमशः ११ अर्ब ५६ करोड ४० लाख पाँच हजार र ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

यसैगरी सनराइज, एभरेष्ट र माछापुच्छे« बैंकले भने पछिल्लो अवधिमा क्रमशः १० अर्ब ११ करोड ८८ लाख ९२ हजार, १० अर्ब ६९ करोड ८० लाख ९४ हजार र १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । नेपाल एसबीआई बैंक, सिभिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने चालू आवको पछिल्लो अवधिमा क्रमशः नौ अर्ब ८२ करोड ५८ लाख ५३ हजार, नौ अर्ब सात करोड ५८ लाख ४४ हजार र नौ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया