काठमाडौँ । नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । उनी बिहीबार मध्यान्ह बंगलादेश एयरलाइन्समार्फत बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका हुन् ।
बंगलादेश सार्क हुमेन राइट्स फाउन्टेसनको आयोजनमा बिहीबार हुन गइरहेको अन्तराष्ट्रिय मापदण्डको बंलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा खनाल प्रमुख अतिथिको रुपमा सहभागी हुन त्यसतर्फ गएका हुन् । खनालसँग उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा, केन्द्रीय सदस्य ताज मुहम्मद मिँया गएका छन् ।
शुक्रबार बंलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका खनालले बनाएका छन् । गतसाता मात्रै खनाल भारत भ्रमण गरेर फर्किएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया