काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दियाको बुर्तिया नाका खोल्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल र भारतबीच विगतमा भएको वाणिज्य सन्धिअनुसार उक्त नाका खोल्ने सम्झौता भए पनि अझैसम्म नाका नखोलिएको भन्दै त्यसका निम्ति पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराए ।
राससका अनुसार सांसद गौतमले राजस्व उठ्ने ठाउँमा पनि सरकारले भन्सारको व्यवस्था नगर्दा राजस्वमा प्रत्यक्ष असर परिरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले भने, “बर्दियामा राष्ट्रिय निकुञ्ज रहेको छ र थुप्रै बासिन्दा बसोबास गर्ने गरेका छन् । विभिन्न सयौँ प्रजातिका वन्यजन्तु छन् र बाघ र गैँडाको सङ्ख्या बढ्दै छ, हात्तीको आवतजावत बढ्दो छ । जनताले मानव र वन्यजन्तुको द्वन्द्वका कारण त्यहाँ गुरुयोजना बनाएर समस्या समाधान गर्न जरुरी छ ।”
नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माले लामो समयदेखि रहिआएको अव्यवस्थित बसोबासीको समस्यालाई छिटो समाधान गरी उनीहरुलाई सोही स्थानमा सहज व्यवस्थापन गर्न माग गरे । लुम्बिनी जिल्लाको रोहिणी नदीको संरक्षण गर्न माग गर्दै सांसद विश्वकर्माले यसबाट सो ठाउँका किसानले सिँचाइको सुविधा पाउने तथा पर्यटकीय विकाससमेत हुने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : समाचार, संसद समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया