मदन भण्डारी राजमार्ग : सडकको भौतिक प्रगति ४० प्रतिशत
झापा । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान–झापा सडकखण्डको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका इञ्जिनीयर सजित शर्माका अनुसार शान्तिनगर–सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमध्ये ९५ दशमलव ७८ किलोमिटरको ठेक्का लागिसक्यो छ । जसमध्ये हाल निर्माणाधीन अवस्थामा रहेको सडकको भौतिक प्रगति ४० प्रतिशत भएको उनले राससलाई जानकारी दिए ।
उनले पाँच वटा निर्माण व्यवसायीले आयोजनासँग जिल्लागत ठेक्काको सम्झौता गरी काम गरिरहेको बताए । उनका अनुसार सो सडक खण्डअन्तर्गत सुनसरीमा १३ किमी, मोरङमा ३६ किमी, झापामा ३५ दशमलव ८ किमी र इलाममा १० दशमलव ९८ किमी सडक निर्माणको काम भइरहेको छ ।
उनले पूर्वी प्रस्थान बिन्दु बाहुनडाँगीदेखि शान्तिनगरको १० किमी सडकको दुवै क्षेत्रमा ड्रेन निर्माणको काम लगभग सकिएको बताए । सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले एक वर्षअघि नै दुई वर्षमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।
उनले तोकिएको मितिमा बाहुनडाँगी शान्तिनगर सडकखण्डको निर्माण सम्पन्न हुने बताए । धरान–झापा सडकखण्डमा बन्ने ३७ वटा पुल र एक सय ३१ किमी सडकका लागि सङ्घीय सरकारले रु. १० अर्ब १३ करोड बजेट विनियोजन गरेको छ ।
सो सडक खण्डमा पर्ने पुल र सडकको निर्माणमा हालसम्म रु. चार अर्ब ८७ करोड खर्च भइसकेको उनले बताए । “सडकभन्दा पुल निर्माण छिटो भइरहेको छ”, उनले भने, “अझै ३५ दशमलव १३ किमी सडकको ठेक्का लाग्नै बाँकी छ ।”
सङ्घीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्यूठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर र जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।
उनले यो सडक नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिम महाकाली नदीसम्म करिब एक हजार २०० किमीको हुने बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया