Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहनाज रहमानको हृदयघातबाट निधन

सहनाज रहमानको हृदयघातबाट निधन


काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको छ। ६७ वर्षीया रहमानको हृदयघातबाट निधन भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिएका छन्।

भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको यादवले बताए। त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।

रहमान जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्। उनी जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्ष थिइन्। अहिले सभामुख देवराज घिमिरेलगायत अस्पतालमा जाँदैछन्।


क्याटेगोरी : समाचार, संसद समाचार

तपाईको प्रतिक्रिया