दुगड समुहको आयोजनामा काम गर्ने मजदुरको शव चार दिनदेखी अलपत्र
काठमाडौं , दुगड समुहले निर्माण गरिरहेको लिखु १ जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको शव चार दिनदेखी अलपत्र परेको छ । निर्माणाधीन लिखु १ जलविद्युत् आयोजनामा सवारी चालकको रुपमा कार्यरत रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका ३ कुभुकास्थलीका ४१ वर्षीय उद्योग बहादुर कटुवाल(मिलन)को फागुन १० गते काम मै रहेका बेला मृत्यु भएको थियो ।
परिवारले कामको सिलसिलामा मृत्यु भएकोले क्षतिपूर्ति र रोजगारी लगायतको माग राख्दै शव बुझ्न नमानेपछि अलपत्र परेको हो । आयोजनाका अनुसार गाडी पुछ्ने क्रममा कटुवाल बेहोस भएपछि उनलाई उपचारका लागि आयोजनाबाट संचालित किन्जा स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर स्वास्थ्य केन्द्रले तत्काल उनको मृत्यु भएको घोषणा गरिदियो ।
मृतकका परिवारले भने आयोजनाको लाहपरवाहीका कारण उनको मृत्यू भएको आरोप लगाएका छन् । मृतकका आफन्त सुरेश थापाले आयोजनाले कटुवाल विरामी भएपछि तत्काल अस्पताल नलगेको आरोप लगाए । साथै उनले परिवारलाई पनि बिरामी भएको थाहा नदिएको गुनासो गरे । ‘बिरामी भएको सूचना बेलैमा पाएको भए हामी हेलिकप्टर मगाएर भए पनि उपचारको प्रयत्न गर्ने थियौं,’ उनले भने, ‘उहाँको बेलैमा उपचार गर्न नपाएर मृत्यु भयो । बेहोस भएर ढलेपछि उनलाई ट्याङकरमा हालेर किन्जा पठाइएको थियो । मजदुरको ज्यान माथि आयोजनाले लापरबाही ग¥यो ।’
थापाका अनुसार मृतक कटुवालकी ढेड महिनाको सुत्केरी पत्नी संगीता थापा कटुवाल उचित क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र उनको चार जना बालबच्चाको पठनपाठनको जिम्मा लिनुपर्ने ३ बुँदे मागसहित किन्जामा बसेकी छन् । परिवारजनले कम्तीमा ३० लाख क्षतिपूर्तिसहितको माग अघि सारेको छ तर आयोजनाले उक्त माग पूरा गर्न नसक्ने जनाएको छ ।
आयोजनाले मृतकका आफन्तलाई काजक्रिया खर्च वापत ५ लाख रुपैयाँ मात्रै उपलव्ध गराउन सकिने बताएको छ । आयोजनाका साइट इन्चार्ज इन्द्रजित कार्कीका अनुसार दुगड समुहले आफन्तलाई काजक्रिया खर्च ५ लाख उपलव्ध गराउने तर अन्य कुनै पनि सर्त पूरा गर्न नसक्ने निर्णय गरेको जानकारी साइट कार्यालयलाई गराएको छ । परिवारजनलाई रोजगारी, लालनपालन र शिक्षाको खर्च गर्न नसक्ने आयोजनाले प्रष्ट पारेको जानकारी मृतकका परिवारलाई जानकारी दिईसकेको कार्कीले बताए ।
यता आफन्त थापाका अनुसार आयोजनाले शुक्रबारको बार्तामा १० लाख रुपैयाँसम्म दिन सकिने बताएको थियो तर शनिबार भने ५ लाख भन्दा दिन नसकिने जानकारी दियो । आयोजनाले पीडितलाई झन पिडा दिने काम गरेको उनले बताए । स्थानीयहरूले पनि कटुवालका सन्तानको लालनपालन र भविष्यप्रति आयोजना गम्भीर बन्नुपर्ने अडान राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले अलपत्र परेको शव बुझाउनका लागि पहल भइरहेको जनाएको छ । दुगड समूह स्थानीयप्रति निर्मम भएको यसअघि पनि आरोप लाग्दै आएको थियो । उक्त घटनाले समुह अझै स्थानिय प्रति असंवेदनशील रहेको प्रष्ट पारेको थापाले बताए । जग्गाको मुआव्जा, सडक निर्माण, वातावरणमा असर, पानीको उपयोग, वनजंगलको विनास, क्षतिपूर्ति र रोजगारी लगायत विषयमा स्थानियले समुहसंग लामो समयदेखी आफ्ना माग राख्दै आएका छन् तर समुह उक्त माग प्रति संवेदनशील छैन । दुगड ग्रुपले रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा लिखु १ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया