Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सुरु

रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सुरु


काठमाडौं । रक्षा क्षेत्रमा क्रियाशिल मिडियाकर्मीहरुलाई नेपाली सेनाबारे जानकारी दिँदै सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्न रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । सुदूर पश्चिम पृतना हेडक्वाटरमा विभिन्न सञ्चार माध्यमका २० जना संवाददाताहरुको सहभागितामा सुरु  भएको डिफेन्स क्रस्पोन्डेन्स ओरियन्टेसान प्रोगाम (डिसिओपि)  ६ दिनसम्म चल्नेछ ।

उक्त अभिमूखिकरण कार्यक्रममा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने नेपाली सेनाले जनाएको छ । साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज् लगायतका इलाकाहरुको भ्रमण गराउने योजना रहेको सेनाले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतका साथै रक्षा मन्त्रालयका अधिकृतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया