काठमाडौं,लामो समयपछिको वर्षाका कारण मौसममा प्रतिकुलता हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ ।मौसमको खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ भएको छ ।
भिस्तारा र इण्डिगो एयर लखनउ डाइभर्ट गरिएको छ । कतार एयरवेजको जहाज केही समय आकाशमा केही समय ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ पनि उडान सामान्य प्रभावित भएको छ । भरतपुरको दुई उडान रद्द भएको र अन्य गन्तव्यको उडान केही ‘डिले’ भएको छ ।
राससका अनुसार पश्चिमी वायुको प्रभावले मौसम बदली हुनुका साथै देशका विभिन्न स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया