धनुषामा थप एक थुनुवा फरार
धनुषा । धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन् । जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३, किरतपुरका राजाबाबु मुखिया आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले राससलाई जानकारी दिए ।
नकपुरस्थित जिल्ला अदातलमा उपस्थित गराई इलाका प्रहरी कार्यालय सबैला ल्याउने क्रममा सहिदनगर नगरपालिका–३ स्थित यदुकुहाबाट हिँडिरहेको जिपबाट हाम फालेर मुखिया फरार भएको गौतमले बताउनुभयो । फरार मुखियाको खोजतलास भइरहेको उनले जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया