घर बनाउन र जग्गा किनबेच गर्न मात्र बैंकहरूले दिए झण्डै छ खर्ब
काठमाडौं,बैंक तथा फाइनान्स कम्पनीहरुले घर बनाउन र जग्गा किनबेच गर्न अर्थात् भनौँ व्यक्तिगत होम लोन र रियलस्टेट क्षेत्रमा मात्र झण्डै छ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जासम्बन्धी नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा संस्थाहरुले उक्त होमलोन र रिलस्टेट क्षेत्रमा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।
चालू आवको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले ५३ खर्ब ६० अर्ब ६४ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास र रियलस्टेट क्षेत्रमा मात्र कुल पाँच खर्ब ७४ अर्ब सात करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ । यसअन्तर्गत व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ४८ अर्ब ५५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने रियलस्टेट क्षेत्रमा दुई खर्ब २५ अर्ब ५१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र व्यक्तिगत आवास र रियलस्टेट क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम भने चार खर्ब ७७ अर्ब ९७ करोड ३० लाख रुपैयाँ रहेको छ । जसमध्ये व्यक्तिगत आवास शीर्षकमा दुई खर्ब ८३ अर्ब ८८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने रियलस्टेट क्षेत्रमा एक खर्ब ९४ अर्ब आठ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४७ खर्ब १७ अर्ब ५० लाख र ४२ खर्ब ८४ अर्ब ७१ करोड ५० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार विकास बंैंकहरुले भने चालू आवको पछिल्लो छ महिनाको अवधिमा व्यक्तिगत आवास र रियलस्टेट क्षेत्रमा आफ्नो कुल कर्जा लगानीमध्ये ७४ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसअन्तर्गत व्यक्तिगत आवास शीर्षकमा ५३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह हुँदा रियलस्टेट क्षेत्रमा २१ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस अवधिमा विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः पाँच खर्ब ३४ अर्ब ३७ करोड ८० लाख रुपैयाँ र चार खर्ब ६२ अर्ब ४४ करोड १० लाख रुपैयाँ छ ।
फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो अवधिमा एक खर्ब नौ अर्ब २६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब चार करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये व्यक्तिगत आवास र घरजग्गा शीर्षकमा मात्र फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने २१ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको छ । सोमध्ये व्यक्तिगत आवास शीर्षकमा ११ अर्ब २५ करोड २० लाख एवं रियलस्टेट क्षेत्रमा नौ अर्ब ९५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया