मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतना
मनाङ । हिमाली जिल्ला मनाङमा सवारीसाधन आवागमन हुने समय भएपछि सडक सवारी तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । हिउँदयाम सकिन लागेपछि सवारीसाधन आवागमन बढ्ने भएकाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङले सचेतनामूलक कार्यक्रम गरेको हो ।
नासों गाँउपालिका–३ स्थित बेँसीसहर–मनाङ सडक खण्डमा गुड्ने सवारी चालक, सहचालक, स्थानीयसमेतको सहभागितामा सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवीन भण्डारीले राससलाई जानकारी दिए । “इलाका प्रहरी कार्यालय धारापानीको आयोजनामा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरी चालक, सहचालक र स्थानीयवासीलाई सचेत गराइएको हो”, भण्डारीले भने, “जोखिम सडकमा यात्रा गर्दा सचेतना बढी अपनाउनपर्ने हुन्छ । यसलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ ।”
वर्षायाम सुरु हुन लागेकाले जिल्लामा सवारी आवागमन बढ्ने उनले बताए । दुर्घटनारहित सुरक्षित यात्रा गर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ । हिउँदमा चिसो छल्न जिल्ला बाहिर गएका जिल्लावासी फर्किने क्रम सुरु भएको छ । यसले गर्दा अब जिल्लामा सवारी आवागमन र पर्यटक आउने उपयुक्त मौसम सुरु भएकोले पर्यटक सवारी बढ्न सक्ने हुँदा सुरक्षित बनाउन सचेतना कार्यक्रम गरिएको हो ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया