किर्तिपुर । नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् ।
राससका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा यी पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूना सङ्कलन गरी बोर्डमै भएको टेस्टिङ (चियाको स्वाद एव गुणस्तर परीक्षण)का आधारमा १६ वटा चियाका नमूना प्रतिस्पर्धाका लागि चीन पठाएको थियो ।
यसअनुसार एक तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडले पर्ल गोल्डेन ब्ल्याक टी अवार्ड प्राप्त गरेको छ । यसैगरी फार्मर टी प्रोसेसिङ उद्योगको एफटी हिमालय गोल्ड, हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको साङ्ग्रिला गोल्ड, गोरखा टी स्टेट प्रालि जिटिइ गोल्डेन टि, सिद्धा डेभी टी इस्टेट प्रालिको सिल्भर विङ्स र कञ्चनजङ्गा अग्र्यानिक अर्थोडक्स चिया उद्योग प्रालिको गोल्डेन टिप्स चियाले स्वर्णपदक जितेका छन् ।
यसैगरी हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको हिमालयन सन्राइज ब्यूटी, श्री बराह टी इन्डष्ट्रिको स्पेशल ब्ल्याक टी, तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडको नर्मल गोल्डेन ब्ल्याक टी र मैना पोखरी चिया प्रशोधन उद्योगको एमपी १० मिरमिरेले रजतपदक प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कअनुसार नेपालमा १६ हजार नौ सय १७ हेक्टरमा चिया रोपिएको र त्यसबाट २३ हजार सात सय ४५ मेट्रिकटन चिया उत्पादन गरिएको छ । हाल १७ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध छन्।
नेपालबाट गत आवमा रू. तीन अर्ब ७९ करोड ७१ लाख बराबरको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । नेपाली चिया गुणस्तरमा अब्बल रहँदारहँदै पनि उचित बजारीकरण हुन नसक्दा अति नै न्यून मूल्यमा बिक्री गर्नु परिरहेको कार्यक्रममा किसानले गुनासो गरे । नेपालबाट वार्षिक रू. १० अर्बभन्दा बढीको चिया निर्यातको सम्भावना छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया