Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना


काठमाडौं । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा आज शनिबार हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

आइतबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट