आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा भैरवकुण्ड
सिन्धुपाल्चोक । यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ ।
भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाँउ हो । कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले राससलाई बताए । सातामा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेको उनले बताए ।
बिदाको समयमा हिँउ खेल्नलगायत मनोरञ्जनका लागि यहाँ अहिले पर्यटक पुग्ने गरेका छन् । ‘आइस’ बनेको ताल, त्यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाको मनोमोहक दृष्य अवलोकन गर्न पाइने भएकाले भैरवकुण्ड पर्यटकको रोजाइमा परेको काठमाडौँ हाइकिङ ग्रुपका संयोजक अनिरुद्र आचार्य बताउँछन् ।
अहिले हिउँदको समयमा सवारीसाधनमा डाँकलाङ, लिस्ति हुँदै चोकरमोकरसम्म पुग्न सकिन्छ । भैरवकुण्ड जाने बाटैमा पर्ने प्रसिद्ध लिस्तिमाइको दर्शन गर्दै जाने पर्यटकको सङ्ख्या बढेपछि अहिले यहाँका होटल व्यवसायी, यातायात व्यवसायीदेखि स्थानीय खुसी छन् ।
सवारी चालक विशाल माझी पर्यटक बढेपछि आफ्नोलगायत होटलको आम्दानी बढेको बताउँछन् । सडक सुधार गर्नसके अझै पर्यटक बढ्ने उनको विश्वास छ । सिन्धुपाल्चोकमा एक सयभन्दा धेरै कुण्ड तथा ताल रहेका छन् । काठमाडौँबाट नजिकै भएकाले पनि यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलमा पर्यटक पुग्ने गरेका हुन्छन् । धार्मिक, आध्यात्मिक र प्राकृतिक हिसाबले रमणीय तथा सुन्दर भैरवकुण्ड पर्यटकको मनोकाङ्क्षा पूरा गर्ने उत्कृष्ट गन्तव्य बनेको सगरमाथा आरोही माया गुरुङको भनाइ छ ।
सिन्धुपाल्चोक पर्यटनको प्रशस्तै सम्भावना बोकेको जिल्ला हो । यहाँका अधिकांश स्थानीय तहले पर्यटन, कृषि, उद्योग र जलाधारलाई मूल नारा बनाएर काम गरिरहेका पाइन्छ । पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको आयस्तर उकास्नका लागि टेवा पुग्ने सरोकारवालाको भनाइ छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया