एक वर्षमा थपियो ७० लाख ७४ हजार निक्षेप खाता
लघुवित्तबाहेक बैंकिङ क्षेत्रको कुल निक्षेप खाता चार करोड ८३ लाख
काठमाडौं । पछिल्लो एक वर्षमा नेपाली बैंकिङ क्षेत्रमा ७० लाख ७४ हजार सात सय ४४ वटा निक्षेप खाता थप भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ पुसमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुमा चार करोड १२ लाख ५० हजारवटा निक्षेप खाता सञ्चालनमा रहेको थियो । तर चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा संस्थाहरुमा यस्तो खाताको संख्या बढेर चार करोड ८३ लाख २४ हजार नौ सय ३९ वटा पुगेको राष्ट्र बैंकको भनाइ छ ।
पछिल्लो एक वर्षमा बढेको निक्षेप खातामा विकास बैंक र फाइनान्स कम्पनीहरुको तुलनामा वाणिज्य बैंकहरुमा निक्षेप खाताको संख्या बढेको छ । राष्ट्र बैंकका अनुसार गत आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुमा तीन करोड ५७ लाख ८० हजार दुई सय ९२ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका थिए । तर अहिले भने वाणिज्य बैंकहरुमा ५८ लाख ४५ हजार आठ सय ७६ वटा निक्षेप खाताहरु थप भएका छन् । राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या चार करोड १६ लाख २६ हजार एक सय ५८ वटा पुगेको छ । विकास बैंकहरुमा भने पछिल्लो अवधिमा ११ लाख २६ हजार आठ सय २६ वटामार्फत निक्षेप खाता थप भएको छ । राष्ट्र बैंकका अनुसार गत आवको पुस मसान्तमा विकास बैंकहरुमा कुल ४८ लाख ५० हजार चार सय १९ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा अहिले यस्तो संख्या बढेर ५९ लाख ७७ हजार दुई सय ४५ वटा पुगेको हो ।
फाइनान्स कम्पनीहरुमा पनि पछिल्लो अवधिमा निक्षेप खाताको संख्या बढेको छ । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुमा अहिले सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या सात लाख २१ हजार पाँच सय ३६ वटा रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा एक लाख दुई हजार ५२ वटाले बढी हो । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुमा छ लाख १९ हजार चार सय ८४ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनाको अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या पनि बढेर छ हजार सय ३७ वटा पुगेको छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल छ हजार एक सय ६९ वटा शाखाहरु सञ्चालनमा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा सञ्चालनमा रहेको कुल शाखा संख्याहरुमा वाणिज्य बैंकहरुको पाँच हजार २९ वटा, विकास बैंकहरुको एक हजार एक सय २८ वटा र फाइनान्स कम्पनीहरुको दुई सय ८० वटा शाखाहरु सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुको चार हजार आठ सय ५६ वटा, विकास बैंकहरुको एक हजार ६५ वटा र फाइनान्स कम्पनीहरुको दुई सय ४८ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया