Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारभोली मंगलबारदेखि अन्तरगृह परिक्रमाको यात्रा समाप्त

भोली मंगलबारदेखि अन्तरगृह परिक्रमाको यात्रा समाप्त


जनकपुरधाम । मिथिलालञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा भोली मंगलबारदेखि समाप्त हुन गइरहेको छ । माध्यमिकी परिक्रमा १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री १५ औं दिन जनकपुरधाममा आइपुगेका हुन् ।

अहिले जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा परिक्रमामा सहभागी श्रद्धालु भक्तजन टेन्टटाँगेर बास बसेका छन् ।

१४ औं पडावस्थलको परिक्रमा गर्दै फागु पूर्णिमाको दिन पुनः जनकपुरधाम फर्केर भोलिपल्ट अन्तगरगृह परिक्रमागरेपछि यो यात्रा समापन हुने प्रचलन छ ।

भोलि बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि विधिवत समापन हुने छ । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी परिक्रममा सहभागी हुन नसेकेका धेरै मानिस अन्तरगृह परिक्रममा सामेल हुने गर्दछन् ।

फागुन औशीको दिन धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरु हुने गर्दछ ।

परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय २० किलो मिटरको पद यात्रा गरिन्छ ।

धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट श्रद्धालु तथा साधुसन्तहरु परिक्रममा सहभागी हुने गर्दछन् । खानपानसहित बन्दोबस्तीका सामानसहित श्रद्धालुहरु परिक्रमा सहभागी हुन्छन् ।

मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्त एवं मनोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास छ । वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा नरनारीहरु सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार

तपाईको प्रतिक्रिया