काठमाडौं । नेपाल महिला चेम्बरले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ । काठमाडौंको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्यतर्फ स्वरूपा श्रेष्ठ रहेका छन् । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताइन् ।
आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर–परिवारकै साथ नपाउँदा हरेकजसो क्षेत्रमा अगाडि बढ्न कठिन र चुनौतीपूर्ण हुने गरेको खतिवडाले बताइन् । राजनीतिक दलका नेताहरू जिम्मेवार नहुँदा राजनीतिकर्मी महिलाहरू समेत अवसरबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो । संविधान बनाउनेले नै कानुन उल्लंघन गरेको उनले आरोप लगाइन् ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरू पछाडि पारिएको बताए । उनीहरूलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्णरूपमा अगाडि ल्याउनुपर्नेमा समेत उनले जोड दिए । पुरुषका तुलनामा महिलाहरूलाई कम ज्याला दिने गरिएको भन्दै अग्रवालले विभेदको अन्त्य गर्नुपर्नेे औँल्याए । यस्तै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक वर्ष हुने यस्ता कार्यक्रमले महिलाहरूलाई अघि बढ्न हौसला मिल्ने बताइन् । अधिकांश महिलाहरू विभिन्न प्रकारका विभेद र उत्पीडनमा पिल्सिरहन बाध्य रहेको उनको भनाइ थियो ।
महिलाहरूलाई अगाडि बढाउन महिला स्वयंको भूमिका, सहभागिता एवम प्रतिनिधित्व अर्थपूर्ण हुने श्रेष्ठले बताइन् । महिलाहरू अझै पनि हिंसामा पर्नेगरेको घटनाको स्मरण गर्दै उनले महिला सशक्तीकरणका निम्ति आर्थिकरूपमा स्वावलम्बी बन्नुपर्नेमा समेत जोड दिइन् । नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरेर महिला उद्यमशीलताको विकास गर्नुपर्ने बताइन् । कृषि वस्तुको आयातमा रोक लगाउनुपर्ने भन्दै अधिकारीले आत्मनिर्भर कृषिका लागि पहल गर्नुपर्ने उल्लेख गरिन् ।
महिलाहरूलाई समान अवसर दिनुपर्नेमा समेत उनले जोड दिइन् । राष्ट्र संघले नारी दिवसका लागि यो वर्ष ‘डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ भन्ने नारा तय गरेको छ । सम्मान कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया