Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघको निर्वाचन स-यो

महासंघको निर्वाचन स-यो


काठमाडौं, चैत ७
नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २८ मा हुने भनिएको वार्षिक साधारणसभा जेठमा हुने गरी सरेको छ । अध्यक्ष भवानी राणाको अध्यक्षतामा बिहीबार महासंघ सचिवालयमा बसेको पदाधिकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । निर्णयसँगै चैत २८ र २९ गतेको निर्वाचन कार्यतालिकासहितको साधारणसभा जेठ ७ र ८ मा गरिने महासंघले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । कोरोना भाइरसका कारण उत्पन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थिति समेतलाई आंकलन गर्दै उक्त निर्णय गर्नुपरेको महासंघको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न भएको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकका निर्णय समेतलाई आधार मान्दै महासंघको यही चैत्र २८ र २९ गतेका लागि पूर्वनिर्धारित ५४औं वार्षिक साधारणसभा र निर्वाचन कार्यक्रम स्थगन गरी नयाँ मिति २०७७ साल जेठ ७ र ८ गते काठमाडौंमा गरिनेछ ।’

त्यस्तै, कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालन मार्फत सहयोग पु¥याउने पनि निर्णय गरेको छ । कोरोनाका कारण उद्योग व्यवसायमा पर्ने असरका सम्बन्धमा विज्ञहरू समेतको संलग्नतामा अध्ययन गरी सुझाव तयार गरेर सरकारमा पेश गर्ने महासंघको तयारी छ ।

त्यस्तै, महासंघका सबै सदस्य संघ/संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निष्पक्ष रूपमा बिक्री वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह गर्ने पनि निर्णय भएको महासंघले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया