राजस्व अनुसन्धान कार्यालयले अनावश्यक दुःख दिएको दाबी
विराटनगर । राजस्व अनुसन्धान कार्यालय सुनसरीले अनावश्यक रुपमा छापा मारी दुःख दिने गरेको पूर्वक्षेत्रका व्यवसायीहरुले गुनासो गरेका छन् । कोभिड लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले देशको अर्थतन्त्रमा समस्या देखिएको बेला सरकारी निकायले व्यवसायीलाई झनै हतोत्साहित बनाउने काम भएको उनीहरुको आरोप छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा राजस्व अनुसन्धान कार्यालय सुनसरीको टोलीले पछिल्लो समय व्यवसायीका पसलदेखि गोदामसम्म नै पुगेर छापा मार्ने कार्य गरिरहेको छ । गत माघ २५ गते विराटनगरको बाटारोडमा रहेको नारायण प्रसाद कोइरालाको घरमा भाडा लगाएको गोदाममा राजस्व अनुसन्धान सुनसरीका प्रमुख अनुसन्धान अधिकृत खेम ओझाको निर्देशनमा छापा मारिएको थियो ।
राजस्वले उक्त गोदाममा छापा मार्दा गोदाम खाली अवस्थामा भेटियो । छापा मार्दा व्यवसायीलाई तर्साउने र असुली गर्ने नियत मात्रै राजस्वको देखिएको व्यवसायीहरुको आरोप छ । उक्त गोदाममा ठूलो परिमाणमा तस्कर समूहले अवैध बाटो प्रयोग गरी क्यारिङ्गमार्फत सामान ल्याएको भन्दै राजस्वले छापा मारेको थियो ।
उक्त गोदाममा कुनै सामान नै फेला पर्न नसकेपछि राजस्व कार्यालय विवादमा तानिएको छ । राजस्वको डण्डा चलाएर प्रमुख अनुसन्धान अधिकृत ओझाले व्यवसायी तर्साएर कमाउ धन्दा सञ्चालन गरेको व्यवसायीको आरोप छ । व्यावसायिक प्रतिष्ठानदेखि गोदामसम्म छापा मारेर व्यावसायिक वातावरण धमिल्याउने र आफ्नो निहित स्वार्थ पूरा गर्ने उद्देश्य मात्रै उनले छापा मार्ने अभियान सञ्चालन गर्ने गरेको यहाँका व्यवसायी बताउँछन् ।
त्यसैगरी झापाको दमक बजारमा रहेको एक मार्वल एण्ड सेनेटरी पसलमा राजस्व अनुसन्धान सुनसरीका प्रमुख स्वयं उपस्थित भएर छापा मारेका थिए ।
उक्त व्यवसायी प्रतिष्ठानमा छापा मार्दा कार्यालयमै बोलाएर बार्गेनिङ्ग हुनथालेपछि व्यवसायी स्वयं राजस्व अनुसन्धान विभागमा पुगी महानिर्देशकलाई आफ्नो व्यथा सुनाएपछि अनुसन्धान प्रमुख ओझा पछाडि सर्न बाध्य भएको बताइएको छ ।
व्यावसायिक प्रतिष्ठानमा बिक्रीका लागि राखिएका सामानको बिल बीजक जारी भए नभएकोदेखि सामान आयात गर्दा भन्सार प्रज्ञापनपत्र भए नभएको अनुसन्धान गरी मुद्दा चलाउने अधिकारलाई समेत दुरुपयोग गरी राजस्व अनुसन्धान सुनसरीका प्रमुख ओझाले व्यवसायी तर्साउने काम मात्र सुरु गरेर व्यावसायिक वातावरण बिगारेको एक व्यवसायीले आर्थिक दैनिकलाई बताए ।
कुनै व्यावसायिक प्रतिष्ठानले चोरी पैठारी भएर आएका मालसामान बिक्रीवितरण गरेको पाइएमा त्यस्ता फर्ममा छापा मार्नु र कानुनी कारबाही गर्दै मुद्दासम्म हाल्ने अधिकार राजस्व अनुसन्धानलाई सरकारले दिएको छ ।
उक्त अधिकारको दुरुपयोग गरी ओझाले अनुसन्धान प्रमुुख भएर आएको छोटो अवधिमै कमाउने अभियान थालेको एक व्यवसायीले आरोप लगाए । तर, यस विषयमा सम्पर्क गर्दा राजस्व कार्यालय सुनसरीका प्रमुखलगायत केही पनि कर्मचारी केही बताउन चाहँदैनन् ।
एक कर्मचारीले भने तस्करी गर्ने व्यवसायीले गलत कुराहरु सञ्चारमाध्यममा लेखाउने गरेको आरोप लगाए । तर, तस्करी नियन्त्रण गर्ने निकायले छापा मार्दा पनि अवैध सामान फेला पार्न नसक्नुले ती कर्मचारीको दाबी नै गलत भएको
देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
- वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया