चार अर्ब रुपैयाँले बढ्यो विकास बैंकहरूको चुक्ता पुँजी
कुन विकास बैंकको चुक्ता पुँजी कति ?
काठमाडौं । पछिल्लो एक वर्षमा विकास बैंकहरुको चुक्ता पुँजी झण्डै चार अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी सञ्चालनमा रहेका १७ विकास बैंकहरुले कुल ३९ अर्ब १७ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका हुन् । विकास बैंकहरुले कायम गरेको यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ७० करोड चार लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने विकास बैंकहरुको कुल चुक्ता पुँजी ३५ अर्ब ४७ करोड २० लाख रुपैयाँ थियो ।
बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार सबैभन्दा बढी चुक्ता पुँजी मुक्तिनाथ विकास बैंकको रहेको छ । मुक्तिनाथले छ अर्ब ४२ करोड नौ लाख दुई सय ७० रुपैयाँ चुक्ता पुँजी कायम गर्दा गरिमा विकास बैंकले पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । चुक्ता पुँजी बढी हुने तेस्रो ठूलो बैंकको रुपमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले भने चालू आवको पछिल्लो अवधिमा चार अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी पु¥याएको छ । ज्योति विकास बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा चार अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा महालक्ष्मी विकास बैंकले चार अर्ब एक करोड आठ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार लुम्बिनी विकास बैंकले भने चालू आवको पछिल्लो अवधिमा तीन अर्ब ३८ करोड २८ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी पु¥याएको छ । कामना सेवा विकास बैंकले भने पछिल्लो अवधिमा तीन अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले तीन अर्ब एक करोड छ लाख ६९ हजार रुपैैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएको छ ।
चालू आवको पछिल्लो अवधिमा मितेरी, सिन्धु र ग्रिन डेभपमेन्ट बैंकले भने क्रमशः एक अर्ब एक करोड ५० लाख, ५५ हजार ७४ लाख ५६ हजार र ५१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएको छ । कर्णाली, कर्पोरेट र नारायणी डेभलपमेन्ट बैंकले भने चालू आवको पछिल्लो अवधिमा क्रमशः ५० करोड २८ लाख ३० हजार, ५० करोड र २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । चुक्ता पुँजीका आधारमा सबैभन्दा बढी चुक्ता पुँजी राष्ट्रियस्तरको मुक्तिनाथ विकास बैंकको देखिएको छ भने सबैभन्दा कम चुक्ता पुँजी क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकको देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया