सगरमाथाको फेदमा मनाइयो नारी दिवस
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदमा एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरसहितका महिलाहरुको उपस्थितिमा सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङमा कार्यक्रमको आयोजना गरिएको हो ।
विभिन्न सामाजिक संस्था र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपसभामुख रानामगरले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरुले धेरै समस्या भोगेको देखेको बताइन् । यसको समाधानको लागि सिंगो राज्य नै लाग्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले खुम्बु क्षेत्रका महिलाले भोगेको समस्या देशकै प्रतिनिधिमूलक भएको बताइन् । उनले महिला स्वास्थ्य, कृषि र पर्यटनमा जलवायु अनुकूलनका कार्यक्रम ल्याउन सदनमा आवज उठाउने जानकारी दिइन् । कार्यक्रममा जलवायु विज्ञ डा. माधव कार्कीले नेपालको जलवायु परिवर्तनको नीतिमा नै महिलाहरुलाई जलवायु परिवर्तनसम्बन्धी महिलाहरुको अधिकार सुनिश्चित गरेको उल्लेख गरे ।
डा. कार्कीले हिमाली क्षेत्रमा पानी आपूर्तिमा गम्भीर समस्या हुनुका साथै बेमौसममा उच्च तापक्रमका कारण हिउँ पग्लेर हिमाल आरोहणमा पनि समस्या सिर्जना हुने बताए । आयोजक संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका उजागर गर्नुपर्नेमा जोड दिइन् । कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले मन्त्रालयले हरेक स्थानीय तहमा जलवायु अनुकूलनको लागि कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिइन् । गाउँपालिका उपाध्यक्ष टासिल्हमु शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको संरक्षणमा सबैको ध्यान जानुपर्ने बताइन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाली भेगमा हिउँ पर्न छाडेको विषय र यहाँका महिलाहरुले भोगेको सवाल आमसञ्चारको प्राथमिकतामा पर्नुपर्ने धारणा राखे । सो अवसरमा खुम्बु महिला समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले आफूहरुले पिउने पानी, स्वास्थ्य र पर्यावरणीय समस्या झेल्नुपरेको भन्दै राज्यको खबरदारी गरे ।
कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, यूएनडीपी, इसिमोड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बुपासाङल्हमु गाउँपालिका लगायत संघ/संस्था र निकायको सहकार्य रहेको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया