होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कर्जा लगानी बढ्यो
५६ वटा संस्थाहरूद्वारा दुई खर्ब छ अर्ब रुपैयाँ कर्जा प्रवाह
काठमाडौं । पर्यटन क्षेत्रमा सुधार आएसँगै बैंक तथा फाइनान्स कम्पनीहरुले पर्यटकीय पूर्वाधार अर्थात् होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कर्जा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा मात्र सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा संस्थाहरुले होटल तथा रेष्टुरेन्ट क्षेत्रमा मात्र कुल दुई खर्ब छ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंक तथा फाइनान्स कम्पनीहरुले होटल तथा पर्यटन क्षेत्रमा प्रवाह गरेको यो कर्जा लगानी गत आवको सोही अवधिको तुलनामा १५ अर्ब तीन करोड ३० लाख रुपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले होटल तथा पर्यटन क्षेत्रमा मात्र कुल एक खर्ब ९१ अर्ब ६१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
होटल तथा पर्यटन क्षेत्रमा प्रवाह भएको कुल कर्जा लगानीमध्ये वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा लगानी भने चालू आवको पुस मसान्तसम्ममा एक खर्ब ७८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा नौ अर्ब ८३ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने वाणिज्य बैैंकहरुले होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कुल एक खर्ब ६८ अर्ब ६७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले भने चालू आवको पुस मसान्तसम्ममा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कुल २३ अर्ब ६२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा चार अर्ब ८३ करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले होटल तथा पर्यटन क्षेत्रमा प्रवाह गरेको यस्तो कर्जा रकम १८ अर्ब ७८ करोड ८० लाख रुपैयाँ रहेको थियो । फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो अवधिमा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कुल चार अर्ब ४७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा गत आवको सोही अवधिको तुलनामा ३२ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले होटल तथा पर्यटन क्षेत्रमा चार अर्ब १५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया