हराएका २३ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २३ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित कार्यालयमा बिहीबार एक कार्यक्रम गरी २० वटा मोटरसाइकल र तीनवटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।
यस आर्थिक वर्षको सुरुवातदेखि हालसम्म सवारीसाधन हराएको भनी एक हजार एक सय ६२ वटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका तीन सय ५३ वटा सवारीसाधनमाथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये बिहीबार २३ वटासहित तीन सय २८ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई ट्राफिक प्रहरीले धनीको जिम्मा लगाइसकेको जनाएको छ । यसै फागुन महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको २४ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएका २६ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा बुझाइएको छ । अन्य हराई फेला पर्न बाँकी रहेका सवारीसाधनको हकमा समेत काठमडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको जनाएको छ ।
यस्तै चालू आर्थिक वर्षमै धनी नखुलेका ९५ वटा दुईपाङ्गे सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जनाएको छ । जसमध्ये असोज महिनामा ३६, पुसमा ४०, माघमा १४ र फागुनमा पाँचवटा सवारीसाधन बुझाइएको हो । सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनी स्वयंमले पनि आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गरी सवारीसाधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरू अवलम्बन गर्नको लागि पनि ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक काफ्लेले आग्रह गरेका छन् ।
तेस्रो पक्षबाट क्षति भएका पाइपलाइनको तत्कालै मर्मत गर्ने गरिएको र तेस्रो पक्षबाट क्षतिपूर्ति वापतको रकम सोधभर्ना लिने कार्य समेत अगाडि बढाइएको श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया